लुटिएका सुरक्षा उपकरण फिर्ता गर्न नेपाल प्रहरीको अपील

Date:

काठमाडौं, भदौ २६ — नेपाल प्रहरीले हालैका प्रदर्शनका क्रममा लुटिएका आफ्ना सामग्री फिर्ता गर्न आम जनतालाई आग्रह गरेको छ। प्रहरीका अनुसार भदौ २४ र २५ गते भएको हिंसात्मक आन्दोलनमा सुरक्षा हातहतियार, सञ्चार साधन, सवारीसाधन, असबाब र अन्य भौतिक साधनहरू लुटिएका थिए।

प्रहरीले फेला परेको वा नियन्त्रणमा ल्याइएका सामाग्रीहरू नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १०० वा टोल-फ्री नम्बर १६६००१४१५१६ मार्फत फिर्ता बुझाउन अनुरोध गरेको छ।

साथै, प्रहरीले प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरी पोशाक दुरुपयोग नगर्न चेतावनी दिएको छ। यसबारे जानकारी भएको व्यक्तिहरूलाई पनि उपलब्ध गराउन आग्रह गरिएको छ। सुरक्षा सामग्री र पोशाक फिर्ता नगरेको अवस्थामा कानुनी कारबाही गर्न सकिने चेतावनी प्रहरीले दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...