वर्षाका कारण त्रियुगा क्षेत्रमा भाइरल संक्रमणको जोखिम वृद्धिसँगै स्वास्थ्य सेवा तनावमा

Date:

काठमाडौं, भदौ ८ — उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा हाल भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ। साउन महिनाको अन्तिम हप्तादेखि देखिएको यो प्रकोपले त्रियुगा नगरका विभिन्न वडाहरूलाई प्रभावित पारेको छ।

जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार लगातार परेको बर्षाका कारण जमिन र पिउने पानी प्रदूषित भएसँगै भाइरल संक्रमण फैलन थालेको हो। अहिले दैनिक चार सय ५० देखि पाँच सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। बिरामीको बढ्दो सङ्ख्याले अस्पतालमा बेड अभाव हुने समस्या देखिएको छ।

यस प्रकोपले विद्यालय जाने उमेरका बालबालिकालाई समेत प्रभाव पारेको स्थानीय वडाध्यक्षले बताउनुभयो। वर्षाका कारण त्रियुगा नगरपालिकासँगै उदयपुरका अन्य क्षेत्रहरूमा पनि भाइरल ज्वरो फैलिने क्रम तीव्र भएको छ।

नजिकैका निजी अस्पताल, क्लिनिक र स्वास्थ्य चौकिमा समेत बिरामीको संख्या बढेर स्वास्थ्य सेवा बाधित हुने अवस्थामा पुगेको छ। यसैले स्वास्थ्यकर्मीहरू र स्थानीय प्रशासनले बिरामीलाई सहज सेवा प्रदान गर्न प्रयासरत छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...