विदेशबाट फर्किएका नेपालीहरूको ज्ञान र पूँजीलाई रोजगारी सृजना गर्ने नयाँ रणनीति: श्रममन्त्री भण्डारी

Date:

काठमाडौं, १७ असार — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, ज्ञान र पूँजीलाई देशमै उद्यमशीलतामा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सरकार अब विदेशमा काम गरेर फर्किएकालाई सहजीकरण मात्रै होइन, उनीहरूलाई उद्यमी बन्ने बाटोमा अग्रसर गराउने रणनीतिमा लागेको स्पष्ट पारे। त्यसका लागि नयाँ नीति पनि तयार पारिएको उनले जानकारी दिए।

मन्त्री भण्डारीका अनुसार, सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’को रूपमा लिने निर्णय गरिसकेको छ र सोहीअनुसार श्रम मन्त्रालयभित्र आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको छ। यो महाशाखाले आवश्यक सीप विकास, जनशक्ति उत्पादन तथा निजी क्षेत्रसँगको सहकार्यमार्फत रोजगार सिर्जनामा सहयोग पुर्‍याउने बताइएको छ।

उनले तालिमका लागि राष्ट्रिय व्यवसायिक प्रतिष्ठानमार्फत विभिन्न संघ–संस्थासँग सहकार्य भइरहेको जनाउँदै हालसम्म होटल एसोसिएसन नेपाल, कम्प्युटर एसोसिएसन नेपालसहित १३ संस्थासँग सहमति भइसकेको जानकारी दिए।

कार्यक्रमका अवसरमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम स्थापना गरेका आठ जना नेपाली उद्यमीहरूलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...