विद्या भण्डारीको कडा प्रतिक्रिया : मलाई पार्टीबाट रोक्न मिल्दैन

Date:

९ साउन, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको सदस्यता नवीकरणबाट रोक्ने निर्णयप्रति असन्तोष जनाउँदै गम्भीर टिप्पणी गरेकी छन्। उनले पार्टीमा ४५ वर्ष लामो योगदान रहेको स्मरण गराउँदै, यस्तो निर्णय न वैधानिक हुनसक्ने न त परिपक्व हुने दाबी गरिन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “जब म राष्ट्रपति बनेँ, त्यतिबेलासम्म मैले ३५ वर्ष पार्टीमा बिताइसकेको थिएँ। अहिले त्यो संख्या ४५ पुगेको छ। यस्तो योगदान हुँदाहुँदै सदस्यताबाट वञ्चित गर्ने निर्णय कदापि स्वीकार्य हुन सक्दैन।”

एमालेको केन्द्रिय समितिले सक्रिय राजनीतिमा भण्डारीको पुन: प्रवेश रोक्न सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएको थियो। यस निर्णयपछि पहिलोपटक सार्वजनिकरूपमा प्रतिक्रिया दिँदै उनले उक्त निर्णयले पार्टीको साखमा आँच आउने र जनवादी केन्द्रीयताको सिद्धान्तविपरीत हुने बताइन्।

भण्डारीले स्पष्ट पारिन् कि उनको भनाइ भावनामा बगेर आएको हैन, बरु हजारौं कार्यकर्ताको बलिदान र मेहनतले बनेको पार्टीप्रति जिम्मेवारीको रूपमा आएको हो।

उनले पार्टी भित्र छलफल र विवेकको सम्मान गर्दै संवेदनशील निर्णयहरू गरिनुपर्ने आवश्यकता औंल्याइन् र यस्तो निर्णयले दीर्घकालीन रूपमा पार्टीलाई नै क्षति पुर्‍याउने चेतावनी दिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...