व्यापारीले कर छली गर्नै सक्दैनन्

Date:

प्रकाशराज खड्का
पेट्रोल व्यवसायी

काठमाडौंको महाबौद्धमा पेट्रोल व्यवसाय सञ्चालन गरेर बसेका पेट्रोलियम व्यवसायी प्रकाशराज खड्काको स्थायी बसोबास थाहा नगरपालिका वडा नं. ७ चल्तीमा हो । उनी अहिले नैकाप तीनथाना चन्द्रागिरी १५ मा बस्दै आएका छन् । अहिलेव्यापार मन्द गतिमा छ र यसको लागि राज्य नै नलागी हुदैन भन्ने पेट्रोल व्यवसायी खड्का र सिटी न्यूजबीचको छोटो कुराकानीः

यहाँ व्यापारको क्षत्रेमा लग्नु भएको निकै भयो। यो क्षत्रेमा यहाँ विज्ञ हुनुहुन्छ। अहिले व्यापारको अवस्था कस्तो छ नि ?

व्यापार बिजनेसमा एकदमै मन्दी छ । मुलुकमा आर्थिक संकट छ भन्छन् । त्यही संकटको कारणले हो कि या अरु नै कारणले हो । व्यापार बढ्दो हुनुपर्ने ठाउँमा घट्दो अवस्थामा छ ।

यो घट्दो व्यापार, मुलुकको आर्थिक सकंट आदिलाई कसरी सुधार्न सकिएला ? यसमा केही सुझाव छ यहाँसगँ ?

यसको लागि सर्वप्रथम त मुलुकमा स्थायी सरकार आउनुपर्‍यो । एक एक वर्षमा वा छ छ महिनामा सरकार परिवर्तन भइरहन्छन् । नयाँ मन्त्रीमण्डल गठन हुन्छ । नयाँ मन्त्रीहरूलाई त्यही मन्त्रालयकोमा कामको बारेमा बुझ्नै समय लाग्ला । यसरी बुझ्न थाल्दाथाल्दै मन्त्रीहरू फेरिइहाल्छन् । त्यसैले मुख्य कुरा मुलुकमा सर्वप्रथम त राजनीतिक स्थायित्व हुनुपर्‍यो र सरकार पनि निर्वाचित भइसकेपछि स्थापित हुनुपर्‍यो ।

अब व्यापारीले सरकारलाई बुझाउनु पर्ने राजश्व बुझाउँदैनन्। कर छली गर्छन् भन्ने धेरै नै सुनिन्छ। व्यापारीले यस्तो किन गरिरहेका होलान् ?

यो करको विषयमा चाहिँ सेल्सको आधारमा ट्याक्स, भ्याट तिर्ने हो । जति सेल्स हुन्छ त्यति तिर्ने हो । यसमा यहाँले जुन कुरा बुझ्नु भएको छ र यहाँ भन्नु भएको छ त्यो कुरा बिल्कुल होईन । त्यो भनेको नजानेर, नुबझेर कसैले भन्यो होला । तर कर छली भनेको हाम्रो व्यवसायमा त्यस्तो हँदुैन । अनलाइन बिजनेसमा अहिले सबै अनलाइनमा नै बिल काटिन्छ, त्यसैले यसमा कर छली भन्नेचाहिँ हँदुैन ।

आन्तरिक राजश्व कार्यालय यही भनि रहेको छ कि राजश्व उठेको छैन। व्यापारीहरू राजश्व तिर्न आनाकानी गर्छन्। तपाई भ्याट कर भन्ने कुरा छल्न सकिदँनै भन्नु हुन्छ र हामीले नियमित तिर्ने गरेको छौ पनि भन्नहुन्छ । तर, त्यो सम्बन्धित निकायमा पुगेको छैन । यो कसरी भएको होला ?

हाम्रो व्यवसायमा कर छली हुँदैन । यहाँले समग्रको कुरा गर्नुभएको होला । त्यस विषयमा हामीलाई सबैको त जानकारी हुन्न । तर जहाँसम्म लाग्छ अहिले त्यस्तो कर छली हुँदैन । सिस्टमले नै कर छली गर्न दिँदैन ।

अन्य योजना के छ नि यहाँको ?

अब यो व्यवसाय अर्थात् पेट्रोलियम व्यवसाय अब धेरै लामो समय जाला जस्तो मलाई लागेको छैन ।

किन के कारणले पेट्रोलियम व्यवसाय नटिक्ने कल्पना गर्नुभएको?

होइन, बजारमा हेर्नुहोस् न अहिले पर्याप्त मात्रामा इभी गाडीहरू आइरहेका छन् । इभि गाडीको कारणले अहिले हाम्रो यो बिक्रीको डिजेल, पेट्रोलको खपत नै एकदमै कम छ । त्यसकारणले अब यो व्यवसाय ५/७ वर्ष या १० वर्षसम्म जाला । त्योभन्दा माथि अब जालाजस्तो लाग्दैन ।

अब डिजले पेट्रोलको भाउ बढेको बढेकै हुन्छ । उता विद्युत पनि त खपत गर्नसक्नुपर्‍यो नि सरकारले। यसमा यहाको भनाइ के छ नि ?

डिजेल पेट्रोलको भाउ हामी व्यापारीले बढाउने होइन । विश्व बजारमा डिजेल पेट्रोलको भाउ १५–१५ दिनमा हेरफेर हुन्छ । त्यसैको आधारमा हाम्रो सरकारले पनि १५–१५ दिनमा घटबढ गर्ने हो । विश्वबजारमा नै डिजेल पेट्रोलको भाउ महँगो कारणले गर्दा नै नेपालमा पनि यो महँगो भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...