काठमाडौं, असोज ५ — एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपाल (एटी नेपाल) ले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ।
सरकारद्वारा शहीद घोषणा गरिएका परिवारका प्रत्येक सदस्यलाई रोजगारी दिन लागिएको हो। संस्थाले इच्छुक शहीद परिवारका सदस्यहरूले आफ्नो शैक्षिक योग्यता, सीप, अनुभव र दक्षताको आधारमा आवेदन प्रक्रिया पूरा गरी सम्पर्क गर्नुपर्ने जनाएको छ।
रोजगारीको लागि आवश्यक कागजात र अनुभव प्रमाणपत्रहरू इच्छुक व्यक्तिहरूले ह्वाट्सएप (whatsapp number) ९८०१००८८१९ वा इमेल (aatinepal2080@gmail.com) मार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ।
संस्थाका अनुसार, योग्य उम्मेदवारहरूको छनोट प्रक्रियापछि रोजगारी प्रदान गरिनेछ।



