शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको बस र्‍याली

Date:

काठमाडौं, भदौ १६ — निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आइतबार राजधानीको चक्रपथ क्षेत्रमा स्कुल बससहित प्रदर्शन गरेका छन् ।

पूर्ण छात्रवृत्ति र विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधान हटाउनुपर्ने माग राख्दै विद्यालय सञ्चालक संगठनहरूले र्‍याली आयोजना गरेका हुन्। हालै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित भएपछि उनीहरूले दबाबमूलक कार्यक्रम थालेका हुन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएजस्ता संघ–संस्थाले संयुक्त पहलमा र्‍याली निकालेका थिए। र्‍यालीका क्रममा पहेँला रंगका स्कुल बस चक्रपथको एकतर्फी लेनमा लामबद्ध भएका थिए।

सञ्चालकहरूको प्रदर्शनका कारण चक्रपथका केही भागमा यातायात अवरुद्ध भई साधारण यात्रुहरूलाई सास्ती परेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...