शिक्षा सुधारका लागि सत्याग्रहरत डा. केसीको स्वास्थ्य दिनानुदिन बिग्रिँदै

Date:

काठमाडौं, १७ भदौ — चिकित्सा शिक्षा सुधारका लागि कैलालीको गेटा मेडिकल कलेज परिसरमा आइतबारदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ।

उनका सहयोगी डा. अमृत जैसीका अनुसार मंगलबार बिहान गरिएको परीक्षणमा डा. केसीको मुटुको चाल अनियमित भएको पाइएको छ। साथै शरीरमा चिनी (सुगर) को मात्रा सामान्यभन्दा निकै कम, करिब ३७ एमजी मात्र भएको पुष्टि भएको छ।

“उहाँलाई मांसपेशी दुख्ने, शरीर बाउडिने जस्ता समस्या देखिएका छन्,” जैसीले जानकारी दिए। तर चिकित्सकहरूको सल्लाह अनुसार उपचार लिन डा. केसी तयार नरहेको र अनशनलाई निरन्तरता दिने अडानमा रहेको उनले बताए।

डा. केसीले निजी मेडिकल कलेजमा एमबीबीएस सिट मनपरी बढाइएको भन्दै विरोधस्वरूप सत्याग्रह सुरु गरेका हुन्। चिकित्सा शिक्षा आयोगले गत साउन ३० गतेको बैठकमार्फत निजी मेडिकल कलेजलाई १३० सिटसम्म दिने निर्णय गरेको थियो। सो निर्णयले शिक्षा र स्वास्थ्य दुवैको गुणस्तरमा गम्भीर असर पार्ने भन्दै उनले असहमति जनाएका छन्।

उनको भनाइमा, “सिट बढ्दा नेता र माफियाको मात्रै लाभ हुन्छ, तर शिक्षाको स्तर खस्किन्छ। शिक्षाको गुणस्तर बिग्रनु भनेको प्रत्यक्ष स्वास्थ्य सेवामा गिरावट आउनु हो, जसले आम नेपाली जनतालाई असर गर्छ।”

अनशनमार्फत उनले निजी मेडिकल सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेजको शिक्षण अस्पताल तुरुन्त खोल्नुपर्ने लगायत माग राखेका छन्। साथै विगतका सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन र गैरनाफामूलक मेडिकल शिक्षा सम्बन्धी प्रावधान कार्यान्वयन गर्न पनि उनले जोड दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...