संसदको अपमान भइरहेको छ : माओवादी केन्द्रको आरोप

Date:

६ असार, काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदलाई सरकारद्वारा बेवास्ता गरिएको गुनासो सार्वजनिक रूपमै उठाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसदप्रति असंवेदनशील भएको टिप्पणी गरे। उनले सरकारको यस्तो व्यवहार “हदसम्मको हेपाहा प्रवृत्ति” भएको आरोपसमेत लगाए।

पाण्डेले बारम्बार संसद्को कार्यसूची परिवर्तन र मन्त्रिपरिषद्का सदस्यहरूको अनुपस्थितिबारे असन्तुष्टि जनाए। “कार्यसूची ल्याउने अनि फेरी हटाउने — यसको कुनै आधार छैन,” उनले भने। मन्त्रालयगत बजेट छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित हुनुले संसदको नियमावलीको उल्लंघन भएको उनले दाबी गरे। साथै, समयमै बजेटको कागजात नपाउँदा सांसदहरूले खर्च कटौतीका प्रस्ताव राख्न समेत नसकेको उनले बताए।

संसदमा हाल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेका छन्। माओवादी केन्द्रले संसदको कार्यसञ्चालनमा देखिएको अवरोध हटाउन सरकार आफैंले पहल नगरेको गुनासो गर्दै लोकतान्त्रिक अभ्यासप्रति चिन्ता व्यक्त गरेको छ। रास्वपाका सांसदहरूले वेल घेर्ने प्रदर्शन गरेपछि अहिले बैठक नै बहिष्कारमा उत्रिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...