संसद् सचिवालयमा सचिव पदमा दुराको बढुवा

Date:

संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिव पदमा सुरजकुमार दुरालाई बढुवा गरिएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले केही दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो। यसअघि सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।

धनगढी उपमहानगरपालिका-१, शान्तिनगरका दुरा २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए र २०५२ सालदेखि संघीय संसद् सचिवालयमा निरन्तर सेवा दिँदै आएका छन्। उनले प्रशासन महाशाखा तथा संसदीय समितिहरूमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।

संसद् सचिवालयमा उनले प्रशासन महाशाखा र संसदीय समितिको सचिवलगायत महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन् र हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको रूपमा कार्यरत थिए। दुराले शनिबार सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरेका छन्।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले उनलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...