संसद बैठकमा मन्त्रीहरूको असावधानी: प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए

Date:

१४ साउन, काठमाडौं — बुधबार राष्ट्रिय सभाको एक महत्वपूर्ण बैठक चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय रुपमा बहस सुन्दै थिए, तर मन्त्रीहरूको अवस्था भने फरक देखियो। सत्तापक्षको पहिलो लहरमा प्रधानमन्त्रीसँगै बसेका केही मन्त्रीहरू बैठककै दौरान निदाएको देखियो।

बैठकमा सांसदहरू अल्पविकसित राष्ट्रबाट स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) पछि देशले सामना गर्ने अवसर र चुनौतीबारे बहस गर्दै थिए। प्रधानमन्त्री ओलीले बहसलाई गम्भीरतापूर्वक सुनेको भन्दै संसदमा भाग लिने सांसदहरूको खुलेर प्रशंसा गरे। उनले यस्तो बहसले संसदको गरिमा बढाएको समेत उल्लेख गरे।

तर, प्रधानमन्त्रीकै छेउछाउमा बसेका केही मन्त्रीहरू बहसको क्रममा निदाइरहेका थिए। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई बैठकको क्रममा निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नागरिकहरूले मन्त्रीहरूको यस्तो लापरबाहीपूर्ण व्यवहारप्रति सामाजिक सञ्जालमा आलोचना गरेका छन्। संसद जस्तो गरिमामय स्थानमा यस्तो व्यवहारले जनप्रतिनिधिको जिम्मेवारीमाथि प्रश्न उठाएको देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...