सचेतता अपनाउने हो भने किड्नी क्यान्सरबाट बच्न सकिन्छ

Date:

डा. प्रतिक मान सिंह गरुुङ
युरो रोबोटिक सर्जन
आमे हस्पिटल

डा. प्रतिक मान सिंह गुरुङ ओम हस्पिटलका सिनियर डाक्टर हुन् । उनको विशेषज्ञताको क्षेत्र युरो सर्जरी र रोबोटिक सर्जरी हो । डा. गुरुङले बेलायत र अमेरिकामा अध्ययन गरेका हुन् । उनले लन्डनबाट एमबीबीएस, पीएचडी एफआरसिएस र अमेरिकाबाट रोबोटिक सर्जरी गरेका हुन् । उनै डाक्टर गुरुङसँग किड्नी क्यान्सर रोगका बारेमा बारेमा सिटी न्यूजले गरेको कुराकानीको सारसंक्षेप ः

किड्नीमा क्यान्सर किन र कसरी हुन्छ ?

किड्नी क्यान्सर भनेको एउटा इम्पोर्टेन्ट विषय हो । यो प्रायजसो टप टेन क्यान्सरभित्रै पर्छ संसारभरि । यसमा चाहिँ पहिला पहिला यसको संकेत किड्नी सुन्निएर आउने मासु पलाएर, क्यान्सर पलाएर । पेटमा छाम्दा एउटा डल्लोजस्तो ठूलै चिज भेटिने हुन्थ्यो र पिसाबमा रगत आउने यस्ता संकेतहरू हुन्थे । आजकल भने यस्ता संकेत या सिम्टम्स हुनुभन्दा अगाडि नै किड्नी क्यान्सरको डायनोसेस भइरहेको हामी पाउँछौं अलि चाँडै । किनभने आजकल पहिला जस्तो अवस्था छैन । धेरै स्क्यानहरू र टेस्टहरू छन् जस्तै अल्ट्रासाउन्ड भनौं विगत ३०–४० वर्षदेखि सञ्चालनमा छ । अहिले त सिटीस्क्यान र एमआरआई प्रविधिहरू सञ्चालनमा छन् । यसकारणले गर्दा किड्नी क्यान्सर अलिक सुरुकै अवस्थामा प्रायःजसो पत्ता लाग्दछ । कतिपय त अरु अरु कारणले अल्ट्रासाउन्ड, सिटी गर्ने, एमआरआई गर्ने बेलामा पेट दुखिरहेको अवस्था देखिन्छ कतिपय सानो अवस्थाको मासु पलाएको देखिइरहेको हुन्छ । यसलाई कुनै बाइचान्स देखिएको संकेत
नदिएको अवस्थामा पनि धेरै पत्ता लागिरहेको हुन्छ आजकल ।

कतिपय को त एकदमै लास्ट स्टजे मा देखिन्छ र उनीहरूले मृत्युशैयामा जानुपर्छ । यसबाट बच्नको लागि के गर्नुपर्छ नि ?

यो किड्नी क्यान्सर भनेको चाहिँ मैले भनें नि अघि पचास–सय वर्षअघि कुनै पनि स्क्यानहरूको आविष्कार नभएको अवस्थामा अलिक अलिक लास्ट लास्ट अवस्थामा मात्र पत्ता लाग्दथ्यो । अहिले पनि कहिलेकाहीँ त्यस्तो देखिन्छ । अहिले यो देखिने कहिलेकाहीँ मात्र हो, जुन बाहिर फैलिइसकेको अलिक ठूलो र लास्ट स्टेजमा देखिने । त्यस्तो पर्न गयो भने त्यसको सिम्पटम किमुथेरापी अथवा नयाँ औषधीहरू अहिले उपलब्ध छन् । त्यस्ता औषधीहरूले त्यसलाई कम गर्ने अथवा त्यसलाई बढेर जान नदिने अथवा त्यसले ल्याउने सिम्पटम्सहरू दुखाइ कम गर्ने विधिको प्रयोग अन्कोलोजिसहरूले गर्नुहुन्छ । अब यसको अर्को कुरा यो किड्नीमै भइरहेको अवस्था पत्ता लागेको अवस्थामा सानो अथवा ठूलो छ या किड्नीमै छ कि किड्नीभन्दा अलिक बाहिर नै छ । अवस्था हेरिकन यसको अपरेसन गर्न मिल्छ या मिल्दैन भन्ने अवस्था हुन्छ। आजकलको जमानामा त्यो अपरेसन गर्ने अवस्थामा नै पत्ता लागिरहेको हुन्छ । सानो अवस्थामा पत्ता लाग्यो भने किड्नी जोगाएर जहाँनिर मासु पलाइरहेको अवस्था छ, त्यसलाई मात्रै अलग गरेर निकालेर त्यहाँ पलाएको क्यान्सको टुक्रा मात्र निकालेर बाँकी किड्नी जोगाएर, किड्नीको फङ्सन जोगाएर त्यसलाई नेप्रन र पेरिङ सर्जरी भनेको मतलब किड्नीको मासु जोगाउने र स्पेयर गर्ने सर्जरी भनिन्छ । हो त्यसरी जोगाउन सकिन्छ । ६ सेन्टिमिटरभन्दा अलिक ठूलो र भित्र गएको जोगाउन नमिल्ने रहेछ भने त्यो अवस्थामा पूरा किड्नी नै निकाल्नुपर्ने अवस्था पनि हुन्छ । दोस्रो कुरा यसको अपरेसन पनि थरिथरिका प्रविधिले गर्न सकिन्छ । पुरानो तरिका भनेको ठूलो रुपमा चिरेर नै हो । त्यसमा हामीचाहिँ अब सानोसानो रुपमा चिरेर अपरेसन गर्ने अवस्थातिर गइसकेका छौं । त्यसको ल्याप्रोस्पकोपिक र रोबर्टिक भन्ने हुन्छ । ल्याप्रोस्पकोपिकले किड्नी अलग्ग, सबै किड्नी फाल्नु पर्ने अवस्थामा पनि गर्न सकिन्छ । अब पार्टिसियल गर्नुपरेको अवस्थामा चाहिँ रोबोटिक्ली एकदम राम्रोसँग किड्नी जोगाएर किड्नीको
क्यान्सर मात्र अलग्ग निकालेर सक्सेसफुली अपरेसन गर्न सकिन्छ । संसारभर यतातिर ट्रेण्ड गइरहेको छ ।

यसबाट बच्ने पहिले नै यसका लक्षणहरू पत्ता लाग्ने अवस्था छ कि छैन ?

मैले अघि पनि भनें । अलिकति लेट स्टेजमा हुने सिमटम्प यसमा अब पिसाबमा रगत आएको छ अनि दुखाइ पनि छ भने तुरुन्त पिसाबको जाँच गर्ने, किड्नीको रगतको जाँच गर्ने अनि किड्नीको सिटीस्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।

 डक्टरसाप यो धेरै नै महँगो छ नि होइन ? अब इन्कम नभएको साधारण जनता त त्यत्तिकै मर्ने भए नि त्यसको केहि उपाय छ कि छैन ?

क्यान्सरको उपचार भनेको प्रायजसो जेनरल्ली अलिक महँगो नै हुन्छ । त्यसैले क्यान्सर सेन्टर खुलेका छन् र सरकारले पनि क्यान्सरका बिरामीलाई सुविधाहरु प्रदान गरेको छ । क्यान्सरमा केही ट्रिटमेन्ट गर्नुपर्‍यो, किमो, थेरापी, सर्जरी आदि गर्नुपर्‍यो भने सरकारबाट राहतको प्रावधान पनि छ । जस्तै अब किड्नीको डायालासिस गरे जस्तै क्यान्सरको पनि अपरेसन अथवा किमोथेरापी गरेबापत सरकारबाट सुविधा छ ।

यो त भन्ने कुरा मात्र हो सर ! साधारण जनताले हतपती जचाउने मौका नै पाउँदैनन् । अपरेसन गर्ने चान्स नै पाउँदैनन्। त्यस्तो त छ नि होइन र ?

हो , त्यही भएको हुनाले अलिकति सचेतता अपनाउन जरुरी छ । यो अवस्था देखिएमा कसैले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । पिसाब, रगत, भिडियो एक्सरे, अल्ट्रासाउन्ड, सिटीस्क्यानहरू गर्नुपर्ने हुन्छ । त्यो जहाँ उपलब्ध छ, त्यहाँ यसको सदुपयोग गर्नुपर्छ । कतिपय अवस्थामा त क्यान्सर भएकै हुँदैन । कतिपय अवस्थामा साधारण कसैको इम्फेक्सन भइरहेको छ । कसैको चाहिँ क्यान्सर जस्तो देखिने अरु ननक्यान्सर अथवा विनाइन मासु पलाइरहेको हुन्छ । जसको लागि अपरेसन गर्नु पर्दैन । त्यसको लागि ६–६ महिना वा एक एक वर्षमा यसो एक पटक हेरिराखे पनि पुग्छ। मासु पलाएको छ, बढेको छ भने क्यारेक्टर चंगे भएको छ छनै भन्ने कुरा मूलयाङक्न गर्न सकिन्छ । टुङ्ग्याउन सकिन्छ । कतिपय अवस्थामा त केहि पनि टिट्रमेन्ट नै गर्नुनपर्ने पनि हुन्छ। यसको डर त हुन्छ तर त्यसको ग्रेङिङ गर्ने सिस्टम हुन्छ। त्यसलाई हेरेर मूल्याङ्कन गर्न सकिन्छ । त्यो अनुसार डिसिजन गर्न सकिन्छ । केही चिज छिट्टै बढिरहेको छ, क्यान्सर जस्तो देखिएको छ भने पछि गएर अपरेसन गर्न मिल्छ अनि कतिपय अवस्थामा त अपरेसन नै गर्नु नपर्ने पनि हुन्छ। कसै कसैमा सिस्टहरू हुन्छ, पानीको फोकाहरू । कसै कसैको चाहिँ मासुको डल्लाहरू मात्र हुन्छ , क्यान्सर जस्तो देखिन्छ, तर क्यान्सर भएको चाहिँ हँदुैन । सिटी, एमआरआई गर्दा त्यो कुरा चाहिँ छटु्याउन सकिन्छ ।

यो किड्नीको क्यान्सरको बारेमा आम मानिसलाई सरले के भन्न चाहनुहुन्छ ?

यसमा सबैले सेचतता जनाउन आवश्यक छ । केही लक्षणहरू देखिएको छ भनेचाहिँ पिसाबमा रगत, किड्नी एरियामा दुख्ने अथवा अरु कारणवश अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई गर्ने बेलामा मासुको डल्ला अथवा कम्प्लेक्स किसिमको पानीको फोकाहरू, सिस्टहरू देखिएमा त्यस्तोमा हस्पिटलमा गएर युरोलोजिस्ट र क्यान्सर स्पेसलिस्टहरू कहाँ गएर जाँचबुझ गर्दा बेस हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...