सदनमा जानकारी माग : भारत–चीन सहमति विषयमा माओवादी केन्द्रको ध्यानाकर्षण

Date:

काठमाडौं, भदौ ५ – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने भारत–चीनबीचको सहमति विषयमा सरकारको धारणा सदनमा प्रस्तुत गर्न आग्रह गरेको छ।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने माग राखेका छन्। उनले भने, “जनताको प्रतिनिधिका रूपमा यस सभालाई आवश्यक विवरण उपलब्ध गराउन नेपाल सरकारलाई सम्माननीय सभामुखमार्फत अनुरोध गर्दछौँ।”

पाण्डेले नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्न राष्ट्रिय एकतामा सबल भई अघि बढ्नुपर्नेमा जोड दिए। “हाम्रा दुई छिमेकी मित्र राष्ट्रहरूले हाम्रो देशलाई जानकारी नै नदिई लिपुलेक पासमार्फत द्विपक्षीय व्यापार खोल्ने सहमति गरेको खबरले हाम्रो ध्यानाकर्षण भएको छ,” उनले थपे।

उनले कूटनीतिक तवरबाट वार्ता अघि बढाउने र नेपालको हित सुनिश्चित गर्ने उपायहरू खोज्न सरकारलाई सुझावसमेत दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...