सन्दीप लामिछानेसहित विराटनगरका ६ खेलाडी रिटेन्सन लिस्टमा

Date:

काठमाडौं, २१ असार — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ। विराटनगरले मार्की खेलाडी सन्दीप लामिछानेसहित कुल ६ खेलाडीलाई रिटेन गरेको छ।

रिटेन भएका खेलाडीहरूमा सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी रहेका छन्। सन्दीप लामिछानेलाई विराटनगरले दोस्रो सिजन पनि मार्की खेलाडीको रूपमा निरन्तरता दिने घोषणा गरिसकेको थियो। सन्दीप पहिलो सिजन विराटनगरको कप्तान थिए।

पहिलो सिजन विराटनगरको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो, जहाँ उनीहरूले ७ खेलमा मात्र २ जित हात पारेका थिए र ८ टिममध्ये सातौं स्थानमा रहे।

एनपीएलको नियमअनुसार, मार्की खेलाडीबाहेक प्रत्येक टिमले ६ खेलाडी रिटेन गर्न पाउने प्रावधान छ। यसैगरी सबै ८ टिमले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन्। आगामी अगस्टमा दोस्रो सिजनका लागि मिनी अक्सन पनि आयोजना गरिनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...