सरकारको नयाँ निर्णय: सवारी चालक अनुमतिपत्र अब १० वर्षका लागि

Date:

काठमाडौं, साउन १६ — सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाएको छ।

यो संशोधन सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा गरिएको हो। अब सवारी लाइसेन्स नवीकरण गर्दा पनि नयाँ अवधि १० वर्षको मान्य हुनेछ, जुन पहिले पाँच वर्षमा सीमित थियो।

यसैगरी, नयाँ व्यवस्थाले सवारी जाँचपास र प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई पनि सुविधा दिने व्यवस्था समेटिएको छ। यस संशोधनका साथै विभागले सूचना प्रविधि आधारित यातायात सेवाका लागि विद्युतीय अभिलेख प्रणाली निर्माण गर्ने प्रस्ताव पनि अघि बढाएको छ।

यो विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ र अहिले राष्ट्रिय सभाको छलफल तथा अन्तिम प्रमाणीकरणको प्रक्रियामा छ। प्रमाणीकरणपछि यो ऐनको रूपमा लागू हुनेछ।

यसले नागरिकलाई बारम्बार नवीकरणको झन्झटबाट मुक्त गर्दै लामो समयसम्म वैध सवारी चालक अनुमतिपत्रको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...