सवारी साधनमा नम्बर प्लटे अनिवार्य गरिदैछ

Date:

*अम्बेक घिमिरे
अधिकृत आठौं/सूचना अधिकृत
यातायात व्यवस्था कार्यालय, साना–ठुला सवारी, एकान्तकुना, ललितपुर

नेपाल सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछ । यो काम यातायात व्यवस्था कार्यालयबाट हुन्छ । इम्बोस्ड नम्बर कसरी लिने ? यो प्रक्रिया पनि अन्य सरकारी प्रक्रिया जस्तै झन्झटिलो पो छ कि ? यसै विषयमा यातायात व्यवस्था कार्यालय, साना–ठूला सवारी, एकान्तकुना, ललितपुरका सूचना अधिकृत अम्बेक घिमिरेसँग सिटी न्यूजले गरेको कुराकानी–

गाडीहरूमा इम्बोस्ड नम्बर प्लेट भनेको सुनिन्छ । त्यो भनेको के हो सर ? मानिसहरू असाध्यै अलमलमा परेको देखिन्छ । त्यसैले यसको बारेमा केही बताइ दिनुहोस न ?

इम्बोस्ड नम्बर प्लटे चाहिँ अहिले हाम्रो नेपाल सरकारले निणर्य गररे प्रत्येक सवारी साधनमा डिजिटल नम्बर प्लेट राख्ने भन्ने निर्णय छ ।
सरकारको यही निणर्यको आधारमा सबै सवारीधनीहरूले आफ्नो प्रत्येक सवारी साधनमा इम्बोस्ड नम्बर प्लटे राख्नुपर्छ । यो अहिले अनिवार्य नै
गरिएको हो । तर, अहिले यसमा अनिवार्य लागुभए पनि यो पुर्ण रुपमा कार्यान्वयन गराउनको लागि अलिकति प्राविधिक रुपमा कठिनाइ कस्तो
हो भने यातायात व्यवस्था कार्यालय सवारीहरूको अभिलखे डिजिटल छनै । अहिले पनि पुरानो अभिलखे ढड्डा र फाइलमा सीमित छ । त्यो
कारणले गर्दा इम्बोस्ड नम्बर प्लेट कायम गरिएका सवारीलाई हामीले अटोमेटिक रुपमा इम्बोस्ड नम्बर प्लटेमा देखिदैन । त्यो सवारीको डीटेल देखिनका लागि सर्वपथ्रम हाम्रो यातायात कार्यालयहरूले सम्पूर्ण सवारी साधनहरूलाई डिजिटलाइजेसन गर्नुपर्ने हुन्छ पहिलो कुरा । त्यो डिजिटलाइजसे न गरिसकेपछि हाम्रो इम्बोस्ड नम्बर प्लेटमा कनेक्ट गर्छौं त्यसपछि इम्बोस्ड नम्बर प्लेटका आधारमा हामीले त्यो सवारीको सम्पुर्ण विवरण एकमुष्ठ देख्छौ । हाललाई यो हाम्रो कम्प्यटुरमा अहिले पनि अभिलेख हस्तलिखित पुरानो ढड्डा र फाइलमा सीमित भएकाले कार्यान्वयन पूर्ण रुपमा हुन नसकेको हो तर यो हाम्रो अहिले कामकारबाहीको सिलसिलामा कनुै पनि सवारी धनीले यहाँ आएर सवारी साधन किन्दा वा बेच्दाखेरि र नामसारी प्रक्रिया इम्बोस्ड नम्बर प्लटे अनिवार्य लिनुपर्ने व्यवस्था छ ।

यो त नयाँ सवारीको लागि भयो । पुरानो सवारी साधनको लागि कत्तिको अनिवार्य छ नि ?

यो पुरानो सवारी साधनको लागि पनि अनिवार्य हो । पुरानो सवारी साधन पनि किनबेच हुन्छ । त्यो किनबेचमा नामसारी गर्दा
सवारी साधनको नम्बर हामी यहाँबाट दिन्छौं । इम्बोस्ड नम्बर प्लेट राख्नेचाहिँ सवारी परीक्षण कार्यालय भन्ने टेकुमा छ । त्यहाँबाट प्लेट
राखिन्छ । त्यसको लागि पहिलो नम्बरमा अनलाइन फारम भरेर इम्बोस्ड नम्बर प्लेटको लागि यहाँ फारम सबमिट गर्नुहुन्छ राजश्व
तिरेर अनि सबमिट गरिसकेपछि उहाँहरूले यहाँबाट सवारी नम्बर प्राप्त गर्नुहुन्छ । त्यो नम्बर प्राप्त गरिसकेपछि त्यसपछि सवारी धनी
आफैंले टाइम लिएर सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर प्लेट कायम गर्नुहुन्छ ।

त्यसो हो भने पुरानो सवारी साधन किनबचे गरने भने त्यति आवश्यक देखीदैन भन्न खोज्नु भएको हो?

पुरानो सवारी साधनमा उहाँहरूको इच्छाअनुसार यहाँ अनलाइन फरम भररे हामीलाई बझुाउनुभयो भने उहाँहरूले पनि नम्बर पाउनु हुन्छ ।
त्यो पनि भइरहेको छ । तर जति हुनुपर्ने हो त्यति भइरहेको छैन ।

अहिले हाम्रोमा व्यापार व्यवसाय चौपट छ । घरहरू पनि खाली हुदै गएका छन्। यस्तोसमयमा इम्बोस्ड नम्बर प्लटे भनेर सरकारले फेरि प्रत्येक सवारी साधनबाट तीन हजार झार्ने योजना बनाएको छ । फेरि यो काम व्यवहारिक रूपमा झन्झटिलोपनि छ । एकदिनमा काम हुँदैन । यसैको लागि कति दिन धाउनु पर्ने हो, यो त सरकारले बेला न कुबेला जनतालाई असाध्यै दुःख दिएको जस्तो लाग्दनै ?

यस्तो छ, सरकारले हाम्रो सवारी साधनहरूलाई हातबाट लेखीएका नम्बर कसैले कुन फन्टमा लेख्ने कसैले कनु फन्टमा लेख्ने , हेर्दा पनि प्रष्ट
नहुने, कुनै अक्षर सानो हुने, कुनै अक्षर ठुलो हुने, त्यो सम्बन्धित निकायलाई पनि पहिचान गर्न गाह्रो हुने , सवारी धनी आफैँ पनि आफ्नो नम्बर व्यवस्थित रुपमा त्यसको पय्रोग गरेर नहिड्ने , त्यस्तो अवस्थालाई अलिकति व्यवस्थित गरौं भनेर सरकारले यसलाई अर्थात् हाम्रो सूचना प्राबिधि प्रयोगलाई यातायात क्षेत्रको व्यवस्थापनलाई पनि काम गर्छ यसले भनेर यसलाई प्रयोगमा ल्याएको हो । नेपाल बाहके अन्य दशे मा हेर्ने हो भने इम्बोस्ड नम्बर प्लटे लागु भइसकेको छ । भारतमा त यो पुर्णरुपमा नै लागु भइसकेको छ । यसको कार्यान्वयन उपयोगिताको विषयमा र
त्यसको उत्पादकत्वको कुरा गर्ने हो भने हामीले डिजिटलाइजेसनलाई आत्मसात गरेर यातायात व्यवस्थापनको क्षेत्रमा पनि यसले सहयागे गर्छ
भन्ने हेतुले नेपाल सरकारले डिजिटल बनाउन खोजेको हो । यसमा अहिले सबै दुविधामा रहनुको कारणचाहिँ के हो भने यसको प्रयोग नदेखेर हो ।
तर यो प्रयोग हामीले नियमित गर्दै जादा हाम्रो यातायात व्यवस्था कार्यालय पनि अब डिजिटल हुने क्रम सुरु भइसकेको छ । हामी कम्प्यटुराइज गर्दैछौ ढड्डा फाइलहरूलाई त्यो भइसकेर हाम्रो सिस्टममा पनि इम्बोस्ड नम्बर प्लेटलाई पनि लिंक गरिसके पछि मात्र हामीले हो रहेछ है, यो इम्बोस्ड नम्बर प्लटे मा दर्ता भर्यौ है भन्ने आनुभुति हुन्छ । अहिले शंका लागे पनि यसको परिणाम चाहिँ यो राम्रै काम हो ।

इम्बोस्ड नम्बर प्लेट लिए त राम्रो भइहाल्यो । यदि नलिएमा यसको प्रभाव कस्तो हुन्छ नि ?

अहिले तत्कालको लागि त त्यस्तो समस्या छैन । तर हामीले यो डढ्डा प्रणालीलाई डिजिटल बनाइसकेपछि र हामीले त्यसलाई सिस्टममा ल्याइसकेपछि अर्थात् यातायात व्यवस्था कार्यालयले टोटली इम्बोस्ड नम्बर प्लेटलाई प्रयोग गरेर हामी जब राजश्व भुक्तानीदेखि लिएर सवारी दर्ता प्रणालीमा त्यसको प्रयोग पूर्ण रुपमा गरिसकेपछि हामीलाई सम्पूर्ण सवारीधनीहरूले इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने हुन्छ त्यतिबेला इम्बोस्ड नम्बर प्लेटवीना उहाँहरूले कुनै पनि सेवा सुविधा लिन मिल्दैन ।

यो प्रक्रिया झन्झटिलो छ । यसलाई अलिक सहजीकरण गर्नसकिदैन ?

यो प्रक्रिया त्यति झन्झटिलो पनि छैन । यो एकदमै सिस्टोमेटिक छ । हामीले आजै खोज्यौं भने आजको आज नै इम्बोस्ड नम्बर प्लेट
पाइदै न । आज अनलाइन फारम भरेर बुझाई सकेपछि नम्बर जेनेरेट हुन्छ । त्यो नम्बर फर्म भर्नेलाई म्यासेज आउँछ । त्यसरी म्यासेज आइसकेपछि फर्म भर्नेले टाइम लिएर नम्बर प्लेट राख्न सकिन्छ । त्यस्तो धेरै दिन लाग्दैन । एक हप्ता दश दिनमा यो काम सकिन्छ । यसको लागि भनेर हरेक दिन छुट्याएर दौडिनु पर्दैन । फर्म भरेर एसएमएस आइसकेपछि आफूले टाइम लिने हो, टाइम लिएको दिन नम्बर प्लेट पाइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...