सांसद साहको सरकारलाई प्रश्न : भ्रष्टाचारमा मुछिएकाहरू अझै पदमै किन ?

Date:

काठमाडौं, साउन ९ — नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारभित्र दोहोरो चरित्र देखिएको भन्दै कडा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारको भनाइ र व्यवहारबीच मेल नदेखिएको टिप्पणी गरे।

सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध कठोर अडान लिएको बताउँदै आएको भए पनि, विभिन्न विवादमा मुछिएका मन्त्रीहरू अझै पदमै रहनु आपत्तिजनक रहेको उनको भनाइ थियो।

उनले विशेष गरी भिजिट भिसा प्रकरण, कास्कीको लिची बगैँचा घुसकाण्ड र मानव बेचबिखन जस्ता मुद्दामा नाम जोडिएका मन्त्रीहरूको पद नछाड्नुले शासनप्रणालीमै प्रश्न उठ्ने बताए।

सांसद साहले भने, “सरकार भन्छ– भ्रष्टाचारीको अनुहार हेर्दैनौं, तर यस्ता गम्भीर आरोप लागेका व्यक्तिहरूलाई किन अझै सम्मानका साथ राखिएको छ?” उनले मौनतामार्फत भ्रष्टाचारलाई संरक्षण गरिएको आरोपसमेत लगाए।

उनको भनाइमा, यस्तो मौनता केवल लाजमर्दो होइन, भ्रष्टाचारमै आधारिएको सुरक्षित शासनको संकेत पनि हुन सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...