काठमाडौं, भदौ २४ — काठमाडौंमा जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारभित्रै प्रवेश गरेका छन्। मंगलबार बिहानदेखि जारी प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारको मुख्य गेट तोडेर भित्र पसेका हुन्।
सोमबारदेखि सुरु भएको आन्दोलन आज पनि देशका विभिन्न ठूला शहरमा निरन्तर जारी छ। प्रदर्शनकारीहरूले पार्टी कार्यालय, शीर्ष नेताका निवास र प्रहरी कार्यालयतर्फ ढुंगामुढा गर्दै आक्रामक प्रदर्शन गरेका छन्।
वर्तमान सुरक्षा जोखिमलाई मध्यनजर गर्दै देशका मन्त्रीहरूलाई नेपाली सेनाका हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।



