सिरहाको कल्याणपुरका मेयर घुससहित अख्तियारको नियन्त्रणमा

Date:

काठमाडौं, असार ३२ — सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ गरेको छ। बुधबार दिउँसो अख्तियारको बर्दिबासस्थित क्षेत्रीय कार्यालयको टोलीले उनलाई नगरपालिका कार्यालयमै घुस रकमसहित नियन्त्रणमा लिएको हो।

साहले उपभोक्ता समितिबाट निर्माण कामको भुक्तानी सिफारिस गर्ने सर्तमा एक लाख रुपैयाँ घुस मागेको आरोप छ। दिउँसो करिब पौने २ बजे, सेवाग्राहीबाट रकम बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

घटनापछि अख्तियारको टोलीले कार्यालयमै पुगेर आवश्यक कागजात र प्रमाण संकलन गरेको छ। पक्राउ परेका मेयर साहमाथि भ्रष्टाचार निवारण सम्बन्धी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने अख्तियारले जनाएको छ।

यद्यपि, हालसम्म मेयर साह पक्षबाट घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अख्तियारले भने यो घटना स्थानीय तहमा भइरहेको भ्रष्टाचार नियन्त्रणका लागि कडा सन्देश भएको बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...