सुजन कडरियाले एकताको आवश्यकता औंल्याउँदै राजीनामा फिर्ता गरे

Date:

काठमाडौं, भदौ २६ — अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले आफ्नो राजीनामा फिर्ता लिएका छन्। उनले आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र आफ्नै घरमा हातहतियारसहित आक्रमण गरिने घटनाले आफूलाई दबाबमा राखेको उल्लेख गर्दै, सामाजिक सञ्जालमार्फत दिइएको राजीनामा अनावश्यक दबाबकै कारण भएको प्रष्ट पारेका छन्।

कडरियाले भने, “मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन।”

उनले घटनाक्रमका क्रममा आफूमाथि शारीरिक हमला र हत्या प्रयास भएको दाबी गर्दै देश अहिले गम्भीर परिस्थितिमा रहेको बताएका छन्। त्यसैले अहिले आपसी दोषारोपणभन्दा एकताको आवश्यकता भएको उनले औंल्याएका छन्। कडरियाले सबै पक्षलाई संयमित भएर देशको स्थितिलाई सामान्य बनाउन सहकार्य गर्न आह्वान समेत गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...