सुन र चाँदी दुवैको मूल्य घट्यो, बजारमा चहलपहल

Date:

काठमाडौं, भदौ ३ – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको भाउ १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा पुगेको हो। अघिल्लो दिन यो मूल्य १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर मानिन्छ। तर त्यसयता लगातार मूल्यमा गिरावट हुँदै आएको छ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २३०० रुपैयाँमा कारोबार भएको छ। केही दिनअघि चाँदीको मूल्य २३५० रुपैयाँसम्म पुगेको रेकर्ड रहेको थियो।

सुन–चाँदी दुवैको मूल्यमा देखिएको यो गिरावट अन्तर्राष्ट्रिय बजार मूल्य र आयात–निर्यात प्रभावसँग सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...