सुरक्षित यात्रा तर्फ ठूलो पाइला: सिद्धबाबा सुरुङमार्गको इन्भर्ट निर्माण सम्पन्न

Date:

पाल्पा — राष्ट्रिय गौरवका आयोजना मध्ये एक सिद्धबाबा सुरुङमार्ग निर्माणमा उल्लेखनीय प्रगति भएको छ। सुरुङमार्गको इन्भर्ट (तलको भाग) निर्माण कार्य सकिएको जानकारी आयोजनामा संलग्न इञ्जिनियर सविता ज्ञवालीले दिएकी छन्।

उक्त सुरुङको मुख्य टनेल १,०८९ मिटर लामो रहेको छ र यही सम्पूर्ण लम्बाइमा इन्भर्ट निर्माण पुरा भइसकेको हो। अब लाइनिङ (भित्तातर्फको संरचना) निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ, जसमा हालसम्म ८३४ मिटर काम सकिएको छ।

सुरुङ सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माण भइरहेको हो। आयोजनाले भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको जनाएको छ भने वित्तीय प्रगति करिब ५०.२४ प्रतिशत छ।

सन् २०७९ सालमा सुरु गरिएको यो सुरुङमार्गको कुल लम्बाइ १,१२६ मिटर हो, जुन चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोडभन्दा बढी लागतमा निर्माण गरिरहेको छ। पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित काम अगाडि बढाइएको हो।

यस सुरुङमार्ग क्षेत्र पहिरोप्रवण भएकाले जहाँ सुक्खायाममा पनि धुलो र ढुंगामाटो खस्ने गर्छ, त्यस क्षेत्रको यात्रालाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण थालिएको हो। यो मार्ग गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दी जस्ता जिल्लासँग जोडिने मुख्य मार्गसमेत हो।

सरकारले आगामी आर्थिक वर्षका लागि सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गका लागि कुल रु २ अर्ब ६० करोड बजेट छुट्याएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...