काठमाडौं, भदौ ५ – बिहीबार सेयर बजारमा कारोबार रकम उल्लेखनीय रूपमा घटेर ५ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ। साउन ११ गते २६ अर्ब ५७ करोडको तुलनामा कारोबारमा करिब ८१ प्रतिशत कमी आएको हो।
आज बजारमा नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७ मा बन्द भएको छ। कारोबारका क्रममा ५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ।
हालै सूचीकृत विकास हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.४० रुपैयाँ पुगेको छ। त्यसैगरी, सामुदायिक लघुवित्त, रसुवागढी हाइड्रोपावर, युनाइटेड अजोड इन्स्योरेन्स र पियोर इनर्जीका शेयरमा समेत उल्लेखनीय मूल्य वृद्धी देखिएको छ।
तर, जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशतले घटेको छ। त्यसैगरी, सयपत्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र अपर लोहोरेखोलाको मूल्य पनि क्रमशः ४.५३, ३.०८ र ३.०४ प्रतिशतले घटेको छ।
सेयर कारोबारमा प्रमुख सक्रिय कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी रहेका छन्।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन–प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूहका सूचकमा सामान्य गिरावट देखिएको छ। निर्जीवन बीमा समूह मात्र ०.१४ प्रतिशतले बढेको छ।



