सेयर बजारमा धमाकेदार वृद्धि, कारोबार रकम हालसम्मकै ठूलो

Date:

काठमाडौं, साउन ६ — मंगलबार नेपाली सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुगेको छ, जुन पछिल्लो ११ महिनायता दोस्रो उच्च बिन्दु हो। यसअघि गत भदौ २ गते नेप्से ३ हजार अंक पार गरेको थियो।

कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकम २० अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

यस दिन २३६ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १४ कम्पनीको मूल्य घट्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढ्दा, जीवन बीमा समूह ४.३६ प्रतिशत र माइक्रोफाइनान्स समूह ४.०७ प्रतिशतले बढ्यो।

बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार समूहहरूमा पनि सकारात्मक वृद्धि देखियो।

त्यस्तै, तीन कम्पनी— ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढ्यो। यीमध्ये ट्रेड टावर र सान्भी इनर्जी नयाँ सूचीकरण भएका कम्पनीहरू हुन्।

अन्य उल्लेखनीय वृद्धि गर्ने कम्पनीहरूमा उन्नति सहकार्य लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, सोनापुर सिमेन्ट र इनिफिनिटी लघुवित्त रहेका छन्।

बजारमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप परेका छन्।

हाल बजारको पूँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ, जुन नेपाली सेयर बजारको इतिहासमै हालसम्मकै ठूलो हो। बजार विश्लेषकहरूका अनुसार यो बृद्धि क्रम अझै केही दिन कायम रहन सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...