काठमाडौं, १६ भदौ – सोमबार नेपाली सेयर बजारमा समग्र नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ अंक पुगेको छ। बजारमा कारोबार रकम भने घटेर ५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।
सेयर बजार वृद्धिमा बैंकिङ सेक्टरले प्रमुख भूमिका खेलेको देखिएको छ। बैंकिङ समूहले समग्र बजारलाई १.५० प्रतिशतले बढाएको छ। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ भने जीवन बीमा स्थिर रहेको छ।
आजको बजारमा हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, महिला लघुवित्तका सेयर मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
बजारमा मूल्य घटाउने कम्पनीमा उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर, पियोर इनर्जी, पिपुल्स पावर र नारायणी डेभलपमेन्ट बैंक रहेका छन्।
धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक प्रमुख रहेका छन्।



