सेयर बजारमा समग्र गिरावट, कारोबार भने उल्लेख्य रूपमा बढ्यो

Date:

सेयर बजारमा आज सबै सूचक घटेका छन् भने कारोबार रकम भने बढेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८ मा कायम भएको छ। यो गिरावटका बाबजुद कारोबार रकम ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ९ अर्ब ८ करोडभन्दा बढी हो।

आज बजारमा कुल ४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ। सबै समूहगत सूचकहरूमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका समूहका सूचकहरू पनि घटेका छन्।

पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसका साथै मध्यभोटेकोशी जलविद्युत् कम्पनी, शिवश्री हाइड्रो, पाँचथर पावर र आँखुखोला जलविद्युत् कम्पनीका सेयर मूल्यहरू पनि सकारात्मक ट्रेन्डमा रहेका छन्।

तर, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीका सेयर मूल्य १० प्रतिशतले घटेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकका सेयर मूल्य पनि उल्लेखनीय रूपमा घटेका छन्।

आजको कारोबारमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् कम्पनीहरू बढी सक्रिय देखिएका छन्। यसरी बजारमा सूचकहरू घट्दा पनि कारोबार रकम बढ्नुले लगानीकर्ताबीच मिश्रित मनोवृत्ति रहेको देखाउँछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...