२२ साउन, काठमाडौं — बिहीबार, साताको अन्तिम कारोबार दिन, सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १८.३० अंकले वृद्धि भएर २८५० मा पुगेको छ। दिनभरि बजार हरियो रहँदा एक समय दिउँसो २:०४ बजे परिसूचक २८६१ अंकसम्म पुगेको थियो, यद्यपि अन्तिम समयमा केही बिक्री चापले थोरै घटाएको देखियो।
आजको कारोबारमा १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ६२ कम्पनीको मूल्य घटेको छ। कुल कारोबार रकम ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ७ अर्ब ६३ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
उद्योगगत रूपमा हेर्दा सबै सूचक सकारात्मक रहे। फाइनान्स समूहको सूचक सर्वाधिक १.३८ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन १.१२%, व्यापार ०.९९%, हाइड्रोपावर ०.७५%, जीवन बीमा ०.७६%, होटल तथा पर्यटन ०.६०%, बैंकिङ ०.४३%, निर्जीवन बीमा ०.४२%, विकास बैंक ०.४२%, माइक्रोफाइनान्स ०.३६% र लगानी समूह ०.३०% ले वृद्धि भएका छन्।
सिक्लेस हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.८१% ले बढेको छ। यस्तै, बरुण हाइड्रोपावर ९.७८%, मकर जितुमाया सुरी हाइड्रोपावर ७.५६%, खानीखोला हाइड्रोपावर ६.१९%, लिबर्टी इनर्जी ५.७२%, र आईसीएफसी फाइनान्स ४.४२% ले उकालो लागेका छन्।
यता, उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२६% ले घटेको छ। समाज लघुवित्त ५.४२%, सान्भी इनर्जी २.७१%, र मैलुङखोला जलविद्युत २.६९% ले ओरालो लागेको छ।
अधिक कारोबार भएका प्रमुख कम्पनीहरूमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रहे। आजको कारोबारसँगै बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।



