स्वस्थ जीवनका लागि कोदोको परिकारलाई भान्सामा राखौँ – कृषिमन्त्री अधिकारी

Date:

१६ साउन, काठमाडौं — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली भान्सामा कोदोको परिकारलाई एक छाकको रूपमा समावेश गर्न आग्रह गरेका छन्।

भक्तपुरको चाँगुनारायणमा सम्पन्न ‘राष्ट्रिय कोदो दिवस’ अवसरको कार्यक्रममा बोल्दै उनले कोदोको पोषणीय महत्त्व औंल्याउँदै यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुने बताएका हुन्।

मन्त्री अधिकारीले भने, “हामीमध्ये कतिपय अहिले त रोग लागेपछि उपचार गराइरहेका छौँ, तर हाम्रो भविष्यको पुस्ता जन्मजातै कमजोर हुन सक्ने खतरा छ। रोग नल्याउने उपाय भनेकै जीवनशैली सुधार र आहार सन्तुलन हो, त्यसमा कोदोको भूमिका उल्लेखनीय हुन सक्छ।”

उनले मकै, धान र गहुँ जस्तै कोडोलाई पनि राष्ट्रिय महत्वको अन्नको रूपमा लिनुपर्नेमा जोड दिए। “कोदो पनि अन्य बालीसरह महत्वपूर्ण छ, यसको वैज्ञानिक खेती, प्रवर्द्धन र बजारिकरणमा ध्यान दिन जरुरी छ,” उनले स्पष्ट पारे।

कार्यक्रममा कृषिविद्हरूले पनि कोदोमा पाइने फाइबर, आइरन र अन्य पोषकतत्वहरूलाई महत्व दिँदै यसलाई विशेष गरी मधुमेह र पेटसम्बन्धी समस्याका लागि उपयोगी मानिएको बताए।

राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको रोपाईं कार्यक्रममा कृषकहरूको समेत उल्लेख्य सहभागिता देखिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...