स्वास्थ्य मन्त्रालयको नयाँ कार्यक्रम: ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आयुर्वेदिक थोपा दिने तयारी

Date:

काठमाडौं, भदौ ३ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेदिक स्वर्णप्रासन थोपा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर रहेका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाबाट थोपा उपलब्ध गराइनेछ।

स्वर्ण भष्मलाई घ्यू र महसँग मिश्रित गरी तयार गरिने थोपा बालबालिकाको प्रतिरोध क्षमता वृद्धि गर्नुका साथै शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याउने बताइएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत यो कार्यक्रमको पहिलो चरण कार्यान्वयनको निर्देशन दिइसकेका छन्।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, आगामी वर्षमा देशभरिका सबै आयुर्वेदिक संस्थामा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ। यस पहलले देशभित्रकै आयुर्वेदिक प्रविधि प्रवर्द्धन गर्ने, स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने र स्वदेशी उत्पादकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्यातको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, नयाँ बजेटअनुसार देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...