स्वास्थ्य सेवा सहज बनाउन महानगरको पहल, दुर्गम क्षेत्रलाई एम्बुलेन्स सहयोग

Date:

काठमाडौं, असोज ७ — काठमाडौं महानगरपालिकाले देशका दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन एम्बुलेन्स वितरण गर्ने ठूलो अभियान सुरु गरेको छ। मंगलबार पहिलो चरणमा ३५ गाउँपालिकालाई सुविधा सम्पन्न एम्बुलेन्स वितरण गरिएको हो।

महानगर स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार यस कार्यक्रमअन्तर्गत देशभरका गाउँपालिका तथा स्थानीय तहलाई आवेदन दिन आह्वान गरिएको थियो। प्राप्त आवेदनमध्ये दुर्गम, पिछडिएका तथा स्वास्थ्य सेवा अभावमा रहेका क्षेत्रलाई प्राथमिकता दिँदै एम्बुलेन्स वितरण गरिएको हो।

केसीका भनाइमा, वितरण प्रक्रिया पूर्णतः पारदर्शी ढंगले सम्पन्न गरिएको छ। स्थानीय तहको भौगोलिक अवस्था, स्वास्थ्य सुविधा पहुँच, आकस्मिक अवस्थाको चुनौती, जनसंख्या र अस्पतालको दूरीजस्ता मापदण्डका आधारमा एम्बुलेन्स वितरणका लागि छनोट गरिएको हो।

काठमाडौं महानगरपालिकाले सातै प्रदेशलाई समेट्दै पहिलो चरणमा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ। यसले ती क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवामा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ। महानगरले भनेको छ, “स्वास्थ्य उपचारमा समयमै एम्बुलेन्स सुविधा नपाउँदा धेरै बिरामीले ज्यान गुमाउने वा उपचार पाउन ढिला हुने समस्या भइरहेकाले यस कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाइनेछ।”

यसअघि पनि काठमाडौं महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न सहयोगी कार्यक्रम ल्याउँदै आएको छ। तर दुर्गम क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको यो एम्बुलेन्स वितरण कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा स्वागत गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...