हमासले सर्त मान्न नचाहे गाजा सहर नष्ट गर्ने चेतावनी: इजरायली रक्षामन्त्री

Date:

काठमाडौं, भदौ ७ — इजरायलका रक्षामन्त्री काट्जले हमासले हतियार नबिसाए र बन्धकलाई तत्काल रिहा नगरे गाजालाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।

यसअघि कतार र इजिप्टको मध्यस्थतामा हमासले ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्दै आधा बन्धकलाई रिहा गर्ने सहमति जनाएको थियो। तर रक्षामन्त्री काट्जले यदि हमासले शर्त पूरा नगरे गाजाको अवस्था राफा र बेत हनून जस्तै खण्डहरमा परिणत हुने चेतावनी दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक रिहाइ र स्वीकार्य शर्तहरू पूरा भए युद्धलाई अन्त्य गर्न वार्ता गर्न सकिने बताएका छन्। इजरायली सैन्य आक्रमणका कारण पछिल्ला दिनमा राफा र बेत हनून क्षेत्र पूर्णरूपमा ध्वस्त भएका छन्। नेतन्याहूले यसअघि युद्धविराम र अप्रत्यक्ष वार्ताका प्रयास असफल भएपछि गाजामा आक्रमण तीव्र पार्दै पूर्ण नियन्त्रण कायम गर्ने घोषणा गरिसकेका छन्।

अन्तर्राष्ट्रिय दबाव र घरेलु विरोधका बीच पनि इजरायल सरकारले गाजामा आफ्नो नियन्त्रण कायम राख्ने दाबी गर्दै सैन्य कदम अघि बढाएको छ। हाल, गाजामा नागरिक र बन्धकहरूको सुरक्षाको अवस्था संवेदनशील रहेको र युद्धको तीव्रता अझ बढ्न सक्ने अवस्था छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...