हरिवंश आचार्य नेपाल–अमेरिका फिल्म फेस्टिभलमा विशेष अतिथि बन्ने

Date:

अभिनेता तथा लेखक हरिवंश आचार्य आगामी नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५ मा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। उक्त फेस्टिभल अमेरिकाको मेरिल्याण्डमा आगामी जुन २६ देखि २९ तारिखसम्म आयोजना हुँदैछ। महोत्सवको उद्घाटन निर्देशक मीनबहादुर भामको फिल्म ‘शाम्बाला’ बाट हुनेछ भने समापन दीपक रौनियार निर्देशित राजागञ्ज फिल्मको प्रदर्शनसहित हुनेछ।

आचार्य आफ्नो फिल्म ‘भूठान’ को अमेरिका प्रिमियरमा सहभागी हुने छन्, जहाँ स्क्रिनिङपछि दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया समेत हुनेछ। साथै, ब्रेन्टवुड आर्ट्स एक्सचेन्जमा ‘फायरसाइड च्याट’ कार्यक्रम अन्तर्गत उनले आफ्नो सिर्जनात्मक यात्रा, नेपाली सिनेमा र साहित्यमा योगदान, तथा विश्वव्यापी नेपाली कथाकथनको सम्भावना विषयमा विचार राख्ने छन्।

आचार्यले पहिलो पटक यस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुँदै आफू उत्साहित भएको बताउँदै, यस्ता प्लेटफर्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन योगदान पुर्‍याउने धारणा राखेका छन्। नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्ण बराइलीले आचार्यको सहभागिताले नेपाली डायस्पोरालाई अझ सशक्त रूपमा कला, संस्कृति र समुदायसँग जोड्ने अपेक्षा व्यक्त गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...