फूर गेल्जे शेर्पा
पर्यटन व्यवसायी
सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गा.पा.–३ केङ्मा चौंरीखर्कमा जन्मिएका फूर गेल्जे शेर्पाले हिमालाई सानैदेखि सगरमाथा चढ्ने रहर थियो । तत्कालीन समयमा इक्युपमेन्टको कमीमा वर्षेनि सगरमाथामा विभिन्न घटनाहरू भएका समाचारहरू आउँथे । त्यसैले फुर गेल्जे शेर्पाले हिमाल चढ्न पाएनन् । यति मात्र होइन, बाबुआमाका एक्लो छोरा भएकाले उनलाई बाबुआमाबाट नै हिमाल चढ्ने अनुमति मिलेन । यद्यपि ६ हजार मिटरभन्दा अग्ला केही हिमाल उनले चढेका छन् । पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भनेर अगाडि बढेका शेर्पाले पत्रकारिता र अंग्रेजीमा उच्च शिक्षा अध्ययन र अन्त्यमा सोसोलोजीमा मास्टर डिग्री गरेका छन् । अध्ययनलाई जारी राख्दै हिमालयन शेर्पा एडभेन्चर स्थापना गरेर हेलि एभरेस्ट खांग्री टुर्स एन्ड ट्राभल्स, कोङ्दे होटल, शेर्पा सांग्रिला रिसार्ट शेर्पाको प्रत्येक्ष लगानीमा स्थापना भएका हुन्। अहिले शेर्पा नेपाल पर्वतारोहण सघं को उम्मेदवार हुन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि ‘मेरो उम्मेदवारी’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसका अलावा समाजसेवामा पनि उनको योगदान महत्वपूर्ण सराहनीय छ । शेर्पासँग सिटी न्यूजले गरेको कुराकानी ः
हिमाली भेगका लागि के के काम गर्नुभएको छ ?
मैले हिमाली भेगको लागि धेरै नै काम गरेको छु । मैले हिमालय क्षेत्रमा गुम्बा, मन्दिरहरू निर्माण गरेको छु । अहिले भर्खरै हिमालयन शेर्पा हस्पिटल सञ्चालनमा ल्याएको छु। यो हस्पिटल २० बडे को छ । मैले एउटा कम्पनी खडा गरेको छु । मेरो कम्पनीको नाम हो हिमालयम शेर्पा ..छ । हिमालयका शेर्पाको खोलिएको संस्था हुनाले मैले सो संस्थाको नाम पनि हिमालयन शेर्पा फाउन्डेसन राखेको छु ।
तपाईं शेर्पा बाहेक अरु केही नाम नराख्ने?
यो चाहिँ शेर्पाहरूकै बसोबासको ठाउँमा खोलिएको हुनाले शेर्पा राखेको हो । मैले अरु पनि थुप्रै ठाउँमा गरेको छु । जस्तो भूकम्पको बेलामा नुवाकोट काभ्रे जिल्लामा निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, औषधीलगायतको सहयोगहरू गरेको छु । यसका अलावा विद्यार्थीहरूलाई स्कलरसीपको पनि व्यवस्था गरेको छु ।
कति विद्यार्थीलाई स्कलरसीप दिनुभएको छ नि ?
अहिले भारतमा पढ्ने ९/१० जति विद्यार्थीहरू छन् । त्यहाँ हाम्रो धर्मसँग विद्यार्थीहरू छन् । यहाँ नेपालमा चाहिँ थुप्रै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छु। मलाई विद्यार्थीलाई पढ्नलाई सहयोग गर्न मन लाग्छ । जो विद्यार्थीहरू शिक्षाबाट वन्चित भएका छन् तिनीहरूको सेवा गर्न मन लाग्छ । शिक्षा नै ज्ञानको ज्योति भएकाले शिक्षा आर्जनपछि उसको शिक्षाले धेरै नै काम गर्छ । शिक्षित भएपछि ऊ आफू परिवर्तन हुन्छ र त्यसले समाजलाई पनि परिवर्तन गराउने समाज परिवर्तनपछि सिंगो राष्ट्र नै परिवर्तन हनुे हुनाले मैले यो क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको हु। म आफू पनि जिरो लेभलबाट आएको हु। मैले आफैंले दुख गरेर पढेँ र पढाइले नै मलाई यहाँसम्म ल्याएको हो ।
तपाईंले थुप्रै समाजसेवाको काम गरिरहनु भएको छ तर अब नेपाल पर्वतारोहण संघमा उम्मेदवारी चाहिँ किन दिन चाहनु भएको हो नि ?
बास्तवमा यो समाजसेवाकै लागि हो । यो समाजमा मानिसहरू एउटा लेभलमा पुगेपछि सुखसयलको जिन्दगी बिताउने परम्परा छ तर मलाई कस्तो लाग्छ भने हामी अपर्चुनिटी वा अवसरहरू पाएको बेलामा मजाले काम गर्नुपर्छ । उद्योग व्यवसायहरू गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ । मैले हिमाली भेगमा हस्पिटल खोलें, अब त्यो ठाउँमा अरुले हस्पिटल खोल्छु भनेर पाउँदैन । त्यसैले मेरो लागि त त्यो धेरै ठूलो अवसर हो नि । मलाई जीवनमा यो भन्दा अरु ठुलो खुसी के हुन्छ । मैले हस्पिटल बनाएँ, मन्दिर बनाएँ, स्कुलहरू बनाएँ, बाटोहरू बनाएँ, गुम्बाहरू बनाएँ त्यसमा मलाई अति नै खुसी लाग्छ । त्यो खुसी अरुले प्राप्त गर्न सक्दैनन् नि । म सँगै अझै पनि युनिभर्सिटी खोल्ने लगायतका थुप्रै योजनाहरू छन् । त्यस्ता कामहरू म नेपाल पर्वतारोहण संघमार्फत् गर्न सक्छु । म पर्वतारोहणको उत्थान र विकासको लागि काम गर्न चाहन्छु जसले हाम्रो व्यवसायको विकास हुन्छ । व्यवसायको विकास भयो भने सबैलाई राम्रो हुन्छ । यो मेरो लागि पनि गौरवको विषय हुन्छ । हामीले नेपाल पर्वतारोहण संघमा धेरै साथीहरूलाई सहयोग गरेर पठायौं । उहाँहरूले पनि धेरै काम गर्नुभएको छ । त्यसमा मलाई खुसी लागेको छ ।
नेपाल पर्वतारोहण संघमा धेरै विकृतिहरू छन् भनिन्छ । हिमालमा मानिस मरेका छन् , त्यहाँ फोहोर त्यत्तिकै छ । सरसफाइमा ध्यान पुगेको छैन । त्यस्तोठाउँमा पुगेर तपाईले के गर्न सक्नुहुन्छ र ?
यो सत्य कुरा हो, हिमाली भेगमा असाध्यै विकृति र फोहोरहरू छन् । अहिले पनि साथीहरूले धेरै नै काम गर्नु भएको छ तर अझै त्यहाँ धेरै नै काम गर्न बाकी छ । फेरि काम नै नभएको होइन हिमाली भेगमा धेरै संघसंस्थाहरूले काम गरेका छन् स्थानीय निकायले पनि काम गरिरहेको छ । तर मेरो उद्देश्य सबैलाई समेटेर ज्वाइन्ट्ली काम गर्न पाए अझै राम्रो हुन्थ्यो भन्ने नै हो । म नेपाल पर्वतारोहण संघको अध्यक्ष भएपछि सर्वप्रथम त नेपाल पर्वतारोहण सघं के हो ? यो कुरा बुझाउछु । मेरो व्यक्तिगत विचारमा नेपाल पर्वतारोहण सघं भनेको सम्पूर्ण हिमाली क्षेत्रको विकास, सम्पूर्ण हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताको विकास र हिमालयन क्षेत्रमा व्यवसायमा संलग्न हनुे व्यवसायी आरोही, पर्वतारोही, व्यवसायी सबैको हितको लागि, विकासको लागि र उहाहरू कै भविष्य सुनिश्चित गर्नका लागि नेपाल सरकारसगँ समन्वय गरेर त्यसको लागि वीचमा बसरे काम गर्ने नेपाल पर्वताराहेण संघ हो । यही काम गर्नका लागि नेपाल पर्वतारोहण संघमा जान लागेको हु। सबैको हितमा काम गर्नका लागि म नेपाल पर्वतारोहण सघंमा बसरे काम गर्न चाहन्छु। म नेपाल पर्यटन बोर्डसगँ समन्वय गररे हिमालीक्षत्रे का बासिन्दाका समस्याहरू के के छन् त्यसको खोजी गरेर त्यहाँका स्थानीय जनतालाई ल्याएर उहाँहरूका समस्या नेपाल सरकारसमक्ष राख्न लगाएर त्यो काम कसरी पूरा गर्न सकिन्छ त भनेर लिपिबद्ध गराएर सरकार र जनताको बीचमा बसेर काम गर्ने मेरो सोचाइ रहेको छ । अर्को कुरा, यहाँले भन्नभुएजस्तै हिमाली भेगमा फोहोर छ, मानिसहरू मरेका छन् तर ती मानिसहरूलाई ल्याउन पनि कठिनाइहरू छन् । त्यहाँ अर्थको अभाव हुन्छ। मेनपावरको अभाव हुन्छ। मान्छे हिमाल चढ्न गइसकपे छि उसको उद्देश्य हिमाल चढ्नु र आफू सेफ्टी भएर फर्कनु हुन्छ । त्यसको लागि हामीले इन्भार्मेंट मिलाउनु पर्छ यो सबै काममा स्थानीय सरकारसँग बसेर अब यसको समाधान के हो त भन्ने विषयमा छलफल गरेर काम गर्ने मेरो योजना रहेको छ । सरसफाइको काममा त पहिलाको तुलनामा अहिले हिमाली क्षेत्रमा सरसफाइ भइरहेको छ । अन्नपूर्ण क्षेत्रमा पनि अहिले त सफाइ भएको छ । विदशेका हिमालहरू किन सफा छन् त ? त्यो सबै कुराहरू हेरेर त्यहाँबाट सबै कुराहरू सिकेर हामी गर्छौं । विदेशका मानिसहरू यहाँ हिमाल चढ्नका लागि आउँछन् । हाम्रोबाट पनि त्यहाँ हिमाल चढ्न जाने चलन छ । हाम्रो समन्वय पनि छ, त्येसैले त्यहाँका हिमालहरू कसरी सफा भए ? हामीले के गर्नुपर्छ त्यो विषयमा पनि हामी बसेर छलफल गर्ने छौं । समगम्रा म भन्छु कि म हिमाली क्षेत्रको विकासको लागि सबैसँग समन्वय गरेर काम गर्न चाहन्छु।
नेपाल पर्वतारोहण संघमा निर्वाचन जित्नु भयो भने के के काम गर्नुहुन्छ नि ?
आरोहीहरूको कल्याणकारी कोषलाई प्रभावकारी बनाउँछु । जुन अहिले प्रभावकारी छैन । नेपालमा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन एडभेन्चर विश्वविद्यालय खोल्छु । त्यो नेपालको लागि अत्यन्त जरुरी कुरा हो । अहिले नेपालमा भएको अनुपम सम्पदाहरूलाई प्रयोग गर्न सकिरहेको छैन । त्यसलाई प्रयोग गर्न पहल गर्छु । नेपालमा छरपष्टरुपमा तालिम केन्द्रहरू स्थापना गरिएका छन् । तिनीहरूलाई विश्वविद्यालयमाफर्त ल्याएर एकीकृत रुपमा अगाडि बढाउँछु। नेपालका हिमाली क्षेत्र र गन्तव्यहरू पहिचान छ तर विकास हुन सकेका छैनन् । जस्तै रोल्वालिङ, मनास्लु ,मेरा लगायतका गन्तव्यको डिपिआर तयार पार्छु । ती स्थानहरूलाई सुरक्षित गराएर बढीभन्दा बढी पर्यटक पुर्याउने काम गर्छु । नेपाल पर्वतारोहण संघको नाममा नुवाकोटको ककनीमा १४५ रोपनी जग्गा
रहेको छ । यो काठमाडौंबाट नजिकैको दूरीमा रहेको छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको क्लाइम्बिङ ट्रेनिङ गर्न सक्ने बनाउँछु । माउन्टेन मेमोरियल पार्कको रूपमा त्यहाँ अवधारणा अगाडि सारिकिएको छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको माउन्टेन मेमोरियल पार्क बनाउँछु ताकि विदेशीहरू नेपालमा आइसके पछाडि एक दिन त्यो ठाउँमा घुमेर आउन सकुन् । त्यो ठाउँको विकासमा म लाग्नेछु । पोखरामा अन्तर्राष्ट्रिय म्युजियम छ । त्यो म्युजियममा १०० रोपनी जग्गा छ । त्यसको आधाभन्दा बढी भूभाग अझै पनि प्रयोगमा आउन सकेको छैन । त्यसलाई प्रयोगमा ल्याउने काम गर्छु । सङ्घीय र प्रदेश सरकारसँग मिलेर अन्तर्राष्ट्रिय स्तरको म्युजियमलाई पनि अन्तर्राष्ट्रिय स्तरकोमा स्तर उन्नति गर्छु । त्यति गरिसकेपछि पोखरा आउने पर्यटकका लागि त्यो ठाउँ एकदिन घुम्ने, बस्ने ठाउँ हुनसक्छ । तपाईँले पाँचवटा भन्नभुएकोले मैले यति भनें । यी बाहके पनि मेरा थुप्रै एजेन्डाहरू छन् । म टिम गठन गर्छु । टिममा पदाधिकारी साथीहरू आउनुहुन्छ । विज्ञ
साथीहरू छान्छु र उहाँहरूको सल्लाहमा नयाँ विषयहरू अगाडि सार्छु।
अहिलेसम्म नेपाल पर्वतारोहण संघमा धेरै प्रेसिडेन्टहरू आए, गए खासै हिमाली क्षेत्रको विकासको लागि त्यति प्रभावकारी काम गर्न सकेनन् । तर तपाईंले त म हिमाली क्षेत्रको विकास र समृद्धिका काम गर्न सक्छु भन्नेभयो। त्योआधार चाहिँ के हो त ?
नेपाल पर्वतारोहण संघमा धेरै अध्यक्षहरू आए, गए । तर खासै काम गर्न सक्नुभएन भन्ने कुरा सही होइन । धेरै साथीहरूले एक पछि अर्को रुपमा परिवर्तन गर्दै जानुभयो र त नेपाल पर्वतारोहण संघ यो अवस्थामा आइपुगेको छ । नेपाल पर्वतारोहण संघमा जाने भनेको त्यसबाट केही लिनको लागि जाने होइन, बरु दिन जाने हो । त्यसैले यसअघि पनि प्रेसिडेन्टहरूले नेपाल पर्वतारोहण संघलाई धेरै कुरा दिनुभएको छ । पब्लिकले ठ्याक्कै देखिने गरी केही नदिए पनि उहाँहरूको नेपाल पर्वतारोण संघमा योगदान धेरै छ । उहाँहरूको योगदानमा म असाध्यै खुसी छु। अब मेरो सवालमा चाहिँ हिमाली क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ । हिजो साथीहरूले गर्नुभएको काममा सुधार गर्नुपर्ने ठाउँ यहाँनिर छ भन्ने मलाई थाहा छ । म यहाँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने समस्याको समाधान नै हुँदैन भन्ने होइन, समस्यासँग समाधान पनि हुन्छ । म सामान्य गाउँको मान्छे गाउँबाट आएँ काम गरेँ, मैले पढेँ, पढिसकेपछि आफ्नो व्यवसाय गरेँ । मैले व्यवसाय गर्दा कसैसँग केही सहयोग लिइनँ । म आफैंले सबै ठाउँमा डिलिङ गरेँ, व्यवसाय राम्रो भयो र मैले जति चाहेको त्यति राम्रो पनि भयो । यस्तै गरी अहिले म नेपाली पर्वतारोहण संघमा यो यो ठाउँमा करेक्सन गर्न बाँकी छ भन्ने मेरो आफ्नै भिजन छ । म अहिले पनि देखिरहेको छु कि त्यो संघमार्फत म हिमाली भेगको समग्र विकास गर्न सक्छु । मेरो सबै इन्डस्ट्रिका धेरै साथीहरूसँग भेटघाट हुन्छ । राष्ट्रियस्तरका राजनीतिक दलहरूसँग पनि मेरो राम्रो सम्बन्ध छ । फेरि यो हिमाली क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि मेरो राम्रो सम्बन्ध छ । सम्बन्धमा फेरि मलाई असाध्यै धेरै महत्वाकाङ्क्षा पनि छैन । म जति गर्न सक्छु त्यो चाहिँ पूरा गर्छु भन्ने मलाई छ । अन्तर्राष्ट्रिय जगतमा अरु जाँदा आफ्नो समस्याहरू राख्ने गर्नुहुन्छ र समाधान गरिदिन आग्रह गर्नुहुन्छ भने म चाहिँ हिमाली भेगको विकास गर्ने मेरो आफ्नै संस्था भएकाले म नेपाल पर्वतारोहण संघमा गएपछि डिपीआर प्रस्तुत गर्छु । के के काम गर्न सकिन्छ त्यसको डीपीआर तयार गर्छु । हाम्रो पोखरामा अन्तर्राष्ट्रिय स्तरको गार्डेन छ त्यसलाई म्युजियम बनाउन चाहन्छु । त्यस्तै ककनीमा पनि छ । म पासहरू बनाउन चाहन्छु महाकालतिर पास बनाउँछु, लार्केला पास अलिक सुरक्षित छैन, म त्यसलाई सुरक्षित बनाउँछु । थोरङ्लापास बनाउँछु, माउन्टेन विश्वविद्यालय छैन म एउटा पर्वतरोहणको विश्वविद्यालय खडा गर्न चाहन्छु । हिमाली भेगको विकासको लागि म सबै बौद्धिक वर्गहरूलाई एकीकृत बनाएर एउटा भेला गर्ने र त्यो भेगको विकास के गर्दा हुनसक्ला भन्ने विषयमा उहाँहरूसँग बसेर घनिभूत छलफल गर्छु ।
नेपालमा पर्यटकको संख्या बढ्नुको सट्टा घटिरहेको छ । यसलाई बढाउन के के गर्नु पर्ला?
नेपाल जतिको सांस्कृतिक विविधता, भौगोलिक विविधता भएको र प्रकृतिले भरपूर दिएको यस्तो देश विश्वमा कहीँ पनि छनै । यहाँ हिमाल मात्र होइन विश्वको सबैभन्दा सगरमाथा जसको उचाइ ८,८४८ मिटर रहेको छ यस्ता अनुपम कुराहरू हामीसँग छ तर हामीले त्यसलाई प्रसार प्रसार नै गर्न सकेनौं । हामीसँग विश्वले मन पराउने यति धेरै कुराहरू छन् जसको हामीले उचित किसिमले मार्केटिङ नै गर्न सकेनौं के । वल्र्ड रेकर्ड राख्न सकिने विषयवस्तु वा व्यक्तिहरू त्यत्तिकै छन् तर हामीले उचित किसिमले मार्केट्रि गर्न नसक्दा यी सबै कुराहरू छायामा परेका छन् अब म यी सबै कुरालाई नेपाल पर्वतारोहणसंघ मार्फत अघि बढाउन चाहन्छु ।



