१० दिनमै भारतबाट युरिया मल आइपुग्ने, किसानलाई सहज आपूर्ति हुने : मन्त्री अधिकारी

Date:

काठमाडौं, भदौ १५ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निकट भविष्यमा मल अभाव नहुने दाबी गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा आयोजित एक कार्यक्रममा उनले भारतको कोलकाताबाट आयात भइरहेको युरिया मल करिब एक सातादेखि १० दिनभित्र नेपाल आइपुग्ने र किसानलाई सहज रूपमा उपलब्ध गराइने जानकारी दिए ।

उनका अनुसार सरकारले मल अभावका कारण किसानलाई खेतीपातीमा समस्या नहोस् भन्ने उद्देश्यले वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । उनले भने, “मल वास्तविक कृषकलाई प्राथमिकता दिएर वितरण गर्नुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले अभावका कारण क्षति बेहोर्नु नपरोस् भन्नेमा सरकार गम्भीर छ।”

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणाली अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि मल, बीउलगायत कृषि सामग्री वर्षायाम सुरु हुनुअघि नै किसानको हातमा पुर्‍याउनुपर्ने सुझाव दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...