Wednesday, May 6, 2026
घरमुख्य समाचारकाठमाडौँ महानगरको बजेट विषयमा बालेनको अन्तिम निर्णय आइतबार

काठमाडौँ महानगरको बजेट विषयमा बालेनको अन्तिम निर्णय आइतबार

काठमाडौं, २१ असार — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आइतबार महानगरको बजेटसम्बन्धी अन्तिम निर्णय गर्ने भएका छन्। स्रोतका अनुसार, बालेनले बजेट कहिले र कसले ल्याउने भन्ने विषयमा स्पष्ट निर्णय गर्ने तयारीमा छन्।

हाल बजेट प्रक्रियामा देखिएको मुख्य विवाद भनेको एक सह–सचिवलाई नगरसभाको सदस्य सचिव बनाउने विषयमा रहेको छ। ती कर्मचारीमाथि करोडौं रुपैयाँ भ्रष्ट्राचारको आशंका उठेको जनाउँदै मेयर बालेन उक्त नियुक्तिमा सहमत छैनन्। बालेन निकट श्रोतले आरोप लगाउँदै भनेको छ, “सरकारले यत्रो विवादमा परेका कर्मचारीलाई पनि किन फेर्न सकेन? के यसमा उच्च राजनीतिक हस्तक्षेप छैन?”

स्रोतले मेयर बालेन संघीय सरकारका केही नेताहरूबाट प्रशासकीय अधिकृतको पक्षमा दबाब आइरहेको दाबी पनि गरेको छ। जनप्रतिनिधिहरूमाथि समेत दबाब परेको भन्दै उनीहरू एकतर्फी निर्णयमा उभिन बाध्य भएको संकेत गरिएको छ।

आइतबार महानगरपालिकाको आगामी गतिविधि र बजेटसम्बन्धी निर्णयहरू तय हुने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments