Thursday, May 7, 2026
घरमुख्य समाचारन्यायालयप्रति जनविश्वास घट्दै, न्यायाधीशको भूमिकामै प्रश्न उठ्दै : प्रमुख सचेतक बर्तौला

न्यायालयप्रति जनविश्वास घट्दै, न्यायाधीशको भूमिकामै प्रश्न उठ्दै : प्रमुख सचेतक बर्तौला

काठमाडौं, असार १६ — नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय देशको न्यायिक प्रणालीप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्। सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले न्यायाधीशहरूको आचरण र न्याय सम्पादनको तरिकामाथि जनस्तरबाट गम्भीर प्रश्न उठिरहेको धारणा राखे।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग प्रश्न गर्दै बर्तौलाले भने, “आज आम मानिसले न्यायालयतर्फ भरोसा गर्न छाड्दै गएका छन्। यो अवस्था केवल आकस्मिक होइन, न्यायाधीशहरूको भूमिकासँग समेत जोडिएको छ।”

उनले न्यायाधीशहरूले कहिलेकाहीं उपलब्ध तथ्य र प्रमाणभन्दा आफूलाई बचाउन र भीडबाट जोगिन निर्णय गर्ने गरेको आरोप लगाए। बर्तौलाले न्यायालयले पीडितलाई न्याय दिलाउने सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा पनि प्रश्न उठाए।

न्यायिक संस्थामाथि बढ्दो अविश्वासलाई रोक्न संरचनागत सुधार आवश्यक भएको भन्दै प्रमुख सचेतक बर्तौलाले निष्पक्ष, प्रमाणमा आधारित र जनभावनालाई ध्यानमा राख्ने न्यायिक प्रक्रिया विकास गर्नुपर्नेमा जोड दिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments