Monday, August 24, 2026
Google search engine
होमनगर / स्थानीयप्रदेश विशेषसर्लाहीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ

सर्लाहीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ

सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। साउन १९ गते भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सग्रामपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (BOP) को टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू:

  • असपाक साह, २३ वर्ष (पर्सा गाउँपालिका–६, सर्लाही)
  • साजन मुखिया, ४६ वर्ष (श्रीपुर नगरपालिका–४, महोत्तरी)

शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट १,००० दरका १,३०० थान गरी कुल १३ लाख रुपैयाँ बरामद भएको हो। उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रकमसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मलङ्गवा भन्सार कार्यालय, सर्लाहीमा बुझाइएको छ।

RELATED ARTICLES

जवाफ दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Google search engine

Most Popular

Recent Comments