Thursday, May 7, 2026
घरमुख्य समाचारनिजामती विधेयक प्रकरणमा खतिवडाको स्वीकारोक्ति: छानबिन होस्, दोषी भए सजाय भोग्छु

निजामती विधेयक प्रकरणमा खतिवडाको स्वीकारोक्ति: छानबिन होस्, दोषी भए सजाय भोग्छु

काठमाडौं — राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा एउटा दफा थपिएको विषयमा आफूले गल्ती भए कारबाही भोग्न तयार रहेको बताएका छन्। उनले समितिबाट सर्वसम्मत पारित भएको विधेयकमा थपिएको दफा सदनमा पुगेपछि मात्र थाहा पाएको र यस विषयमा आवश्यक छानबिन गर्न सभामुखलाई अनुरोध गरेको बताए।

खतिवडाले सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले पास गरेको प्रतिवेदनमा एउटा दफा थपिएको छ, जसको जिम्मेवारी कसको हो भनेर कानुनी रूपमा छानबिन हुनुपर्छ। यदि दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याउनुपर्छ।”

यस विषयमा केही सांसदहरूले खतिवडालाई समेत जिम्मेवार ठहर गर्दै कारबाहीको माग गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापतिको राजीनामा नै मागेको छ। माओवादी केन्द्रले पनि छानबिनको माग गरेको छ।

खतिवडाले आफूमाथि पनि छानबिन गर्न तयार रहेको स्पष्ट पार्दै, “म आफैंमाथि आवश्यक छानबिन हुन चाहन्छु र दोषी देखिए कारबाही भोग्न तयार छु,” भने। उनले छानबिनको प्रक्रिया पूरा नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबोलिने पनि जानकारी दिए।

उनले यो घटनालाई संसदप्रति ठूलो प्रहार भएको भन्दै यस विषयमा गम्भीरता साथ छानबिन गर्नुपर्ने जोड दिएका छन्। त्यसैले आजको बैठक स्थगित गरिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments