नख्खु कारागार पुग्दै रास्वपाका नेताहरू, सभापति रविसँग छलफलपछि उम्मेदवार सार्वजनिक हुने

Date:

काठमाडौं, भदौ १५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि आजै आधिकारिक उम्मेदवार टुंग्याउने भएको छ ।

पार्टी स्रोतका अनुसार प्रतिस्पर्धामा रहेका नौ नेतामध्ये प्राथमिक निर्वाचन (प्राइमरी) को परिणामको आधारमा एक जनालाई उम्मेदवार घोषणा गरिनेछ । आज बिहान ११ बजे प्रतिस्पर्धी नेताहरू नख्खु कारागार पुगेर सभापति रवि लामिछानेलाई भेट्ने कार्यक्रम तय भएको छ ।

उम्मेदवार छनोटसँगै पार्टीको सचिवालय बैठक पनि दिउँसो १:३० बजे बस्नेछ । बैठकपछि रुपन्देही–३ को उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गरिने जनाइएको छ ।

रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । यसलाई लिएर रास्वपाले विशेष चासो दिएको छ र आन्तरिक प्रतिस्पर्धा उच्च रहँदै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...