सरकारले दशैं–तिहार लक्षित सहुलियत पसलमा ५१ प्रकारका खाद्यान्न सञ्चालन

Date:

काठमाडौं, भदौ ३० — सरकारले आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट यस वर्ष दशैं–तिहारको अवसरमा ५१ प्रकारका खाद्यान्न तथा मसलाजन्य वस्तु बिक्रीमा राखिएको छ। सहुलियत पसल सुरु गर्दा जेनजी आन्दोलनका कारण यस वर्ष कुनै विशेष तामझाम नगरी सामान्य रूपमा बिक्री वितरण सुरु गरिएको हो।

प्रमुख धर्मकुमारी राजवंशीका अनुसार चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ भने चिनीमा पनि समान छुट छ। चिउरा, आटा, पिठो, धनियाँ र तेलमा ७ रुपैयाँसम्म, सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा १० रुपैयाँसम्म छुट उपलब्ध गरिएको छ। यस कार्यालय अन्तर्गत रामशाह पथ, नख्खु र दक्षिणकालीका बिक्री कक्षमार्फत पनि सामान बिक्री हुँदैछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...