काठमाडौं, असोज ८ — इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले दशैंको अवसर पारेर ग्राहकका लागि विशेष योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत सीजी र सीजी मेरिडिया सिग्नेचर सिरिजका साना घरायसी उपकरण खरिद गर्ने ग्राहकले पुरस्कार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, ‘भित्र्याऔं खुसी र समृद्धि’ भन्ने मूलसन्देशसहित योजना ल्याइएको हो। यस अभियानमार्फत ग्राहकले गुणस्तर, नवप्रवर्तन र पुरस्कारको संयोजन पाउनेछन् र जीवन अझ सहज तथा रोचक हुने कम्पनीको विश्वास छ।
भाग्यशाली विजेताले अविस्मरणीय भियतनाम भ्रमण वा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने अवसर पाउनेछन्। प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत ग्राहकले पुरस्कार जित्ने मौका पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकले साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्छ। यसरी दर्ता भएका ग्राहकले स्वतः लक्की ड्रमा भाग लिन सक्नेछन्। योजना २० भदौदेखि देशभरिका सीजी डिजिटल आउटलेट र आधिकारिक च्यानल पार्टनरमार्फत सञ्चालनमा छ।