कुलिङ पिरियडमा हेरफेर षड्यन्त्र ,संसदको गरिमा माथि प्रहार : एमाले नेता पदम गिरी

Date:

असार १७, काठमाडौं — नेकपा एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियडसम्बन्धी हेरफेरलाई गम्भीर षड्यन्त्रको संज्ञा दिएका छन्। उनले यसमा संलग्न व्यक्तिहरूले नैतिकताको आधारमा पद छाड्नुपर्ने र कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै गिरीले भने, “कुलिङ पिरियडबारे समितिमा महिनौं छलफल भयो, दुई वर्ष राख्ने सहमति थियो। तर संसदबाट पास भएको प्रतिवेदनमा मुख्य सचिव, सचिव र सहसचिवलाई यो व्यवस्था लागू नहुने गरी परिवर्तन गरियो, जुन गम्भीर षड्यन्त्र हो।”

उनको भनाइमा यस्तो कार्यले संसद र समितिको गरिमा नष्ट गर्छ र यो अनैतिक र अस्वीकार्य छ। गिरीले स्पष्ट रूपमा भने, “यो उपहास हो — यस्तो गम्भीर लापरवाही भएकै हो भने दोषीमाथि निर्मम कारबाही हुनुपर्छ।”

यसबारे छानबिन नभएसम्म राज्य व्यवस्था समितिको बैठक सञ्चालन हुन नदिनेसमेत उनले चेतावनी दिएका छन्। उनले संसदीय प्रक्रियामा हुने विश्वासको गम्भीर संकट सिर्जना भएको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...