ट्रेड टावर ठगी प्रकरण : अध्यक्ष शिवहरि दंगालमाथि ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा

Date:

काठमाडौं, साउन ६ — सर्वसाधारणमा सेयर बिक्री गरेर चर्चामा आएको ट्रेड टावर कम्पनी ठगी प्रकरणमा मुछिएको छ। कम्पनीका अध्यक्ष शिवहरि दंगालमाथि ३ करोड ९० लाख रुपैयाँ अपचलन गरेको आरोपमा ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाइएको छ।

दंगालले चाबहिलस्थित होटल क्रिस्टलको घरजग्गा लिजमा लिने क्रममा संस्थाबाट रकम लिएर पनि घरधनी मुकुन्दमणि अर्याललाई भुक्तानी नगरेको आरोप लागेको हो। अर्यालले ९ वैशाखमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो।

अनुसन्धानका क्रममा अध्यक्ष दंगालले ४४ वटा बियरर चेक काटेर आफ्नै र आफ्ना नजिकका व्यक्तिहरूको खातामा रकम स्थानान्तरण गरेको देखिएको छ। यी चेकमध्ये अधिकांश ९/९ लाख रुपैयाँका थिए।

यो प्रकरणको सम्झौता २०७५ मा भएको थियो। सम्झौताअनुसार करिब १२ हजार २ सय वर्गफिट क्षेत्रफलको घर तथा करिब ४ रोपनी जग्गा लिजमा लिएको थियो। सम्झौतामा ३ करोड ९० लाख रुपैयाँको भुक्तानी हुने सहमति भए पनि मिति उल्लेख नभएपछि समस्या उत्पन्न भएको हो।

दंगालले भने आफू अदालती प्रक्रियामा भएकाले यसबारे बोल्न नमिल्ने बताएका छन्। तर पीडित पक्षले कम्पनीले सम्झौता विपरीत २ तला बढी निर्माण गरेर उद्घाटन गरेको आरोपसमेत लगाएका छन्।

प्रहरीले ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ। हाल दंगाल स्वतन्त्र अवस्थामा रहे पनि मुद्दा अगाडि बढ्ने पक्का भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...