सेयर बजारमा खाता खोल्न नागरिकता होइन, राष्ट्रिय परिचयपत्र चाहिन्छ

Date:

काठमाडौं, साउन १६ — सेयर बजारमा नयाँ खाता खोल्ने तयारीमा रहेका लगानीकर्ताहरूका लागि अबदेखि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ग्राहकको परिचय सुरक्षित र एकीकृत बनाउने उद्देश्यले खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोर्डको निर्देशनअनुसार सबै ब्रोकर कम्पनीहरूलाई अबदेखि कारोबार खाता खोल्ने बेलामा सेवाग्राहीको राष्ट्रिय परिचयपत्र वा सोको नम्बर अनिवार्य रूपमा संकलन गर्न अनुरोध गरेको छ।

यसअघिसम्म नागरिकता प्रमाणपत्रको आधारमा ‘केवाईसी’ (ग्राहक परिचय फारम) भरीने गरिन्थ्यो। अब भने सो विवरण राष्ट्रिय परिचयपत्रमार्फत भरिनुपर्नेछ।

नेप्सेले सेयर कारोबार प्रणाली प्रयोग गरिरहेका पुराना लगानीकर्तालाई समेत आफ्नो राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन्। सेयर बजारमा पनि यस्तै व्यवस्था ल्याएर डिजिटल र कागजातीय प्रक्रियामा एकरूपता ल्याउने प्रयास गरिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...