काठमाडौं, साउन १७ — नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फिन्टेन्स एक्स्पो “फिन्टेन्स एक्स्पो २०८२” काठमाडौँमा आयोजना हुँदैछ।
यस एक्स्पोको आयोजना क्लासिक फिन्टेन्स एकेडेमीले गर्ने छ र कार्यक्रम आगामी साउन १४ गतेदेखि होटल मल्लमा सुरु हुनेछ। एक्स्पोको मुख्य उद्देश्य फिन्टेन्सलाई शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रवर्द्धन गर्दै जनचेतना अभिवृद्धि गर्नु हो।
यो प्रदर्शनीमा फिन्टेन्स सम्बन्धी सामग्री, सेवा र पुरस्कारहरू प्रस्तुत गरिनेछन् भने विभिन्न अन्तर्राष्ट्रिय फिन्टेन्स प्रशिक्षक र विशेषज्ञहरू सहभागी भएर अनुभव र ज्ञान साटासाट गर्नेछन्। एक्स्पोले नेपालमा फिन्टेन्स व्यवसायको विकास र सञ्जाल विस्तारमा मद्दत पुग्ने विश्वास गरिएको छ।
फिन्टेन्स क्षेत्रमा नयाँ प्रविधि र सेवा प्रदर्शकहरूलाई एकै ठाउँमा ल्याएर व्यवसायिक बजारलाई विस्तार गर्ने यो पहलले नेपालमा फिन्टेन्स उद्योगलाई अझ बलियो बनाउने र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा छ। साथै, स्वास्थ्य र जीवनशैली सुधारका लागि आम जनसमुदायमा सकारात्मक संदेश फैलाउने लक्ष्य राखिएको छ।
यस एक्स्पोले नेपालमा फिन्टेन्सलाई नयाँ उचाइमा पुर्याउने सम्भावना राख्दछ।



