त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन जाँचमा कडाइ, अब विमानस्थलमा एक घण्टा अघि उपस्थित हुनुपर्ने

Date:

काठमाडौं, भदौ १ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुलाई अब कम्तीमा एक घण्टा अघि अध्यागमन डेस्कमा उपस्थित हुनुपर्ने भएको छ । अध्यागमन विभागका अनुसार अन्तिम समयमा यात्रुहरूको चाप बढ्दा आवश्यक कागजात जाँच र प्रक्रिया पूरा गर्न कठिनाइ हुने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो ।

महानिर्देशक रामचन्द्र तिवारीले विशेष गरी रातिको समयमा खाडी मुलुकतर्फ जाने यात्रु बढी हुने भएकाले अध्यागमनमा भीड बढ्ने बताउँदै, समयमै उपस्थित नभए यात्रु स्वयंलाई समस्या हुने बताएका छन् । उनका अनुसार जाँच अधिकारीलाई समेत कम समयमा सबै प्रक्रिया पूरा गर्न कठिन हुने भएकाले यात्रुलाई कम्तीमा एक घण्टा अगाडि उपस्थित गराउने निर्णय गरिएको हो ।

यस विषयमा अध्यागमन विभागले विमानस्थलमा सेवा दिने एयरलाइन्स कम्पनी तथा सरोकारवाला निकायहरूसँग छलफल गरेर सहमति जुटाएको छ । नागरिक उड्डयन प्राधिकरणलाई पनि रातिको उडान तालिका आवश्यक परेमा लचिलो बनाउन आग्रह गरिएको छ ।

हालै विमानस्थल अध्यागमनमा कर्मचारीको मिलेमतोमा अवैध ढंगले नेपाली युवा वैदेशिक रोजगारीमा पठाउने गिरोहबारे छानबिन सुरु भएको छ । यस क्रममा तत्कालीन विमानस्थल प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि गृह मन्त्रालयले नयाँ सहसचिवलाई जिम्मेवारी दिएको थियो । त्यसपछि अध्यागमन प्रमुखमा नरहरि घिमिरे र महानिर्देशकमा रामचन्द्र तिवारी नियुक्त भएका छन् ।

यद्यपि, भिजिट भिसाको नाममा ठगी र असुली गर्ने कार्य अझै रोकिएको छैन भन्ने गुनासो आउने क्रम जारी छ । यसै कारण अध्यागमन प्रक्रियामा कडाइ गर्दै यात्रुलाई समयमै उपस्थित गराउन सरकार सचेत भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...