जेनजेड समूह त्रसित: प्रसाईंको सहभागिताले अभियानको एजेण्डा हाईज्याक हुन सक्ने चिन्ता

Date:

काठमाडौं, भदौ २२ – १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईंले नयाँ पुस्ताले आह्वान गरेको अभियानमा सहभागी हुने संकेत गरेपछि जेनजी समूहमा खैलाबैला मच्चिएको छ।

आइतबार अपराह्न प्रसाईंले फेसबुकमा ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भन्ने स्टाटस लेखेपछि युवा सहभागीहरू त्रसित भएका हुन्। उनीहरूका अनुसार प्रसाईंको उपस्थितिले अभियानको सन्देशमा भ्रम उत्पन्न गर्न सक्ने वा अप्रिय परिस्थिति सिर्जना हुन सक्ने डर छ।

जेनजेड समूहका युवा नेताहरूले भने, “हाम्रो उद्देश्य सामाजिक सञ्जाल बन्दको विरोध, भ्रष्टाचार र अनियमितताविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्नु हो। हामीले स्वत: स्फूर्त रूपमा भेला हुने सबैलाई सहभागिता सुनिश्चित गरेका छौं, तर प्रसाईंजस्ता व्यक्तिहरूको सहभागिताले एजेण्डा हाईज्याक हुन सक्ने चिन्ता छ।”

सोमबार हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन केही युवा आइतबार अपराह्न माइतीघर मण्डलामा भेला भएर तयारी बैठक गरेका थिए। बैठकमा सहभागीहरूले प्रसाईंलाई आउन दिनु ठीक हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरेका थिए। कतिपयले उनले उपस्थित हुन नपर्ने सुझाव दिएका थिए, ताकि प्रदर्शनको मूल उद्देश्य अपरिवर्तित रहोस् र राजावादी समूहका व्यक्तिहरूले प्रदर्शनलाई राजनीतिकरण नगर्न सकून्।

प्रसाईंले सामाजिक सञ्जालमा आफ्नो स्टाटसमार्फत भनेका छन्, “भ्रष्टाचारविरुद्धको महाअभियानमा सबैलाई धन्यवाद। देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा आफैं सरिक हुने तयारीमा छु। तीन वर्षअघि उठाएको आवाज आज सम्पूर्ण सञ्चार माध्यमले दोहोर्‍याएको छ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...