काठमाडौं, भदौ २४ — बुद्ध एयरले मंगलबारका लागि निर्धारित सम्पूर्ण उडान स्थगित गरेको छ। कम्पनीले देशभर हाल गम्भीर सुरक्षा परिस्थितिका कारण यो निर्णय लिनु परेको जानकारी दिएको छ। यात्रुहरूको असुविधाप्रति क्षमा माग्दै एयरलाइन्सले आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्य एयरलाइनहरू पनि उडानमा प्रभाव पर्न सक्ने चेतावनी दिइरहेका छन्। यात्रुहरूलाई समयमै अपडेट र सतर्क रहन सल्लाह दिइएको छ।
यसअघि सोमबारको जेन–जी आन्दोलनका क्रममा देशभर हिंसात्मक घटना बढेको र प्रमुख शहरमा सुरक्षा अवस्था अस्थिर बनेको थियो। यस्तो परिस्थितिलाई ध्यानमा राख्दै बुद्ध एयरले सबै उडान रोक्ने निर्णय गरेको हो।



