अखिल अध्यक्ष सुजन कडरियाले दिए पदबाट राजीनामा

Date:

काठमाडौं, भदौ २४ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गदै उनले सरकारद्वारा जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास भइरहेको र यसप्रति विरोध व्यक्त गरे।

कडरियाले आफ्नो पुस्ताले गरेको विद्यार्थी राजनीतिको असफलता महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन्। उनले विद्यार्थी संगठनहरूले आजको विद्यार्थीको हक, अधिकार र जीवन रक्षा गर्न नसकेको गम्भीर आलोचना गरे।

राजीनामा संदेशमा उनले जनताको सेवामा अझै निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् र वर्तमान सरकारले जनताको भावना विपरित आन्दोलन दबाउने प्रयास गरिरहेको हुँदा त्यसको भयावह परिणाम आउने चेतावनी दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...