युवा बलिदानको सम्मान गर्दै सुमनाले भनिन्: कुर्सी होइन कर्म सोचौं

Date:

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको नयाँ अन्तरिम सरकारमा सहभागी नहुने स्पष्ट पारेकी छन्। शुक्रबार साँझ शीतल निवासमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण कार्यक्रममा सहभागी भए पनि कतिपयले सुमना पनि मन्त्री बन्ने सम्भावना राखेको अनुमान गरेका थिए।

तर फेसबुक लाइभ मार्फत बोल्दै सुमनाले आफूप्रति फैलिएको भ्रम हटाइन्। उनले भनिन्, “भ्रममा कोही पनि नपरून्। म क्याबिनेटमा जान चाहन्न।” उनले जोड दिँदै भनिन् कि युवा बलिदान र आन्दोलनले ल्याएको परिवर्तनका अवसरलाई व्यक्तिगत लाभ वा पदका लागि प्रयोग गर्नु हुँदैन। उनका अनुसार, “कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन। त्यस बलिदानबाट आएको परिवर्तनमा हामीले आफ्नो काम गर्ने अवसर पाएर पनि मन्त्री बन्ने सपना नराखौं।”

सुमनाले युवाहरूको बलिदानलाई परिवर्तनको केन्द्रमा राख्दै, सत्ता होइन सेवा र कुर्सी होइन कर्ममा ध्यान दिन सबैमा आग्रह गरेकी छन्। उनले कार्की सरकारलाई शुभकामना दिँदै भनिन्, “अब हामीले नाम होइन काममा ध्यान दिनुपर्छ। यो परिवर्तन सफल बनाउन हामी पछाडि बसेर सहयोग गर्नेछौं।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...